कीवर्डहरू -

सामाजिक उत्तरदायित्व अन्तर्गत डिशहोमले विद्यार्थीलाई दियो शैक्षिक सामग्रीसहितको झोला

सामाजिक उत्तरदायित्व अन्तर्गत डिशहोमले विद्यार्थीलाई दियो शैक्षिक सामग्रीसहितको झोला

डिशहोमले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखराको वालकल्याण आधरभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहितको झोला वितरण  गरेको छ ।

११० जना विद्यार्थी रहेको उक्त विद्यालयका विद्यार्थीहरुलाई  डिशहोमका एरिया सेल्स म्यानेजर प्रदिप सुबेदीले शैक्षिक सामग्रीसहितको झोला वितरण गरेका हुन् ।

डिशहोमको उक्त कार्यक्रममा एक्येवाद्दता जनाउँदै नयन वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष टिकाराम सापकोटाले सहकारीको तर्फबाट  वाटर डिस्पेन्सर, पानिको जार, डस्टविन , लगायत अन्य सामाग्रीहरु विद्यालयका  प्रधानाध्यापक विष्णुहरि अधिकारीलाई हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद नेपाली, डिसहोमका एरिया सेल्स म्यानेजर प्रदिप सुबेदी, सेल्स अफिसर बिमल मान थापा, खेमराज देवकोटा, सहकारीका प्रतिनिधिहरु, विद्यालयका शिक्षकहरु, अभिभावक र विद्यार्थीहरुको उपस्थित रहेको थियो ।

उक्त कार्यक्रमलाइ सम्वोधन गर्दै डिशहोमका प्रदिप सुबेदीले  डिशहोमले देशैभरि विद्यार्थीहरुको उज्वल भविष्यको लागि निरन्तर उत्तरदायित्व बहन गर्दै आइरहेको जानकारी गराए ।