कीवर्डहरू -

मासिक ६९९ रूपैयाँमा डिशहोमको ५० एमबीपीएस स्पीडको इन्टरनेट र टिभी

मासिक ६९९ रूपैयाँमा डिशहोमको ५० एमबीपीएस स्पीडको इन्टरनेट र टिभी

डिशहोमले अब मासिक ६९९ रूपैयाँमा ५० एमबीपीएस स्पीडको इन्टरनेट र डिशहोम टिभी उपलब्ध गराउने भएको छ ।

डिशहोमले कम्बो अफर अन्तर्गत मासिक ६९९ रूपैयाँमा इन्टरनेट, टिभी र फाइभ गिगाहर्जको राउटर उपलब्ध गराउने भएको हो ।

डिशहोमका अनुसार कम्बो अफरको १ महिनाको ६९९ रूपैयाँ, ३ महिनाको २०९७ रूपैयाँ, ६ महिनाको ४१९४ रूपैयाँ र १२ महिनाको ८३८८ रूपैयाँ तिर्नुपर्नेछ ।

इन्टरनेट र डिशहोम टिभी जडान गर्दा शुल्क लाग्ने कम्पनीले जनाएको छ । यदी तपाईले १२ महिनाको इन्टरनेट जडान गर्नुभयो भने त्यसमा कुनै शुल्क लाग्ने छैन् । तर १ महिनाको जडान गर्दा २ हजार, ३ महिनाको जडान गर्दा १५०० र ६ महिनाको जडान गर्दा १ हजार रूपैयाँ जडान शुल्क लाग्ने छ ।

त्यस्तै डिशहोम टिभी जडान गर्दा १ महिनाको २४००, ३ महिनाको २१००, ६ महिनाको १८०० र १२ महिनाको १५०० रूपैयाँ जडान शुल्क लाग्ने छ । यो कम्बो अफर लिँदा राउटरका लागि ५०० रूपैयाँ डिपोजिट गर्नुपर्नेछ ।

\"\"