कीवर्डहरू -

क्यान इन्फोटेकमा नेपाल क्लियरिङ हाउसको स्टल भिजिट गरेर स्मार्टफोन जित्ने मौका 

क्यान इन्फोटेकमा नेपाल क्लियरिङ हाउसको स्टल भिजिट गरेर स्मार्टफोन जित्ने मौका 

क्यान इन्फोटेकमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को स्टल भिजिट गर्ने एक जना भाग्यशालीले स्मार्टफोन जित्न सक्ने भएका छन् ।

२७ औं संस्करणको क्यान इन्फोटेक वैशाख ७ गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा शुरू हुँदैछ । सो इन्फोटकमा एनसीएचएलको स्टल भिजिट गर्ने एकजनाले स्मार्टफोन जित्ने कम्पनीले जनाएको छ ।

क्यान इन्फोटेकको स्टल नम्बर डी ३२ रहेको छ । साथै एनसीएचएलको स्टलबाट एनसीएचएलका प्रडक्टहरूको जानकारी पनि पाइने छ ।

भिजिटरले कनेक्ट आईपीएस एप डाउनलोड गरेर मोबाइल नम्बर  र इमेल भेरिफाइ गर्नुपर्नेछ । साथै कनेक्ट आईपीएसमा दर्ता भएको मोबाइल नम्बर एनसीएचएलको प्रतिनिधिलाई उपलब्ध गराउनु पर्नेछ ।

यो पनि पढ्नुहोस्ः भोलिदेखि शुरू हुँदै क्यान इन्फोटेक, आईएमई पेबाटै यसरी काट्नुहोस् टिकट