कीवर्डहरू -

महिला युवा उद्यमी सम्मेलन आयोजना हुँदै

महिला युवा उद्यमी सम्मेलन आयोजना हुँदै

नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) ले आगामी वैशाख १० गते महिला युवा उद्यमी सम्मेलन आयोजना गर्ने भएको छ । सन् २०१३ देखि महिला युवा उद्यमी सम्मेलन गर्दै आएको मञ्चले यस वर्ष पनि सम्मेलन आयोजना गर्न लागेको हो ।

महिला उद्यमीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले मञ्चले महिला युवा उद्यमी सम्मेलन गर्दै आएको छ । यसमा कृषि, निर्माण कार्य, शारिरिक व्यायाम, परामर्शदाता, अनुसन्धान क्षेत्रमा संलग्न महिला यूवा उद्यमीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

अन्तर्राष्ट्रिय मजदुर संगठन, राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्सलगायतको प्रायोजनमा हुन लागेको कार्यक्रममा १५० भन्दा बढी उद्योगी व्यवसायी, सम्बन्धित क्षेत्रका विज्ञ, नव उद्योग तथा विद्यार्थीहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

यदी तपाई पनि यस सम्मेलनमा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी रजिष्टर गर्नुहोस् ।