कीवर्डहरू -

अब सिटिजन्स बैंकको खाता नागरिक एपमार्फतनै खोल्न सकिने

अब सिटिजन्स बैंकको खाता नागरिक एपमार्फतनै खोल्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनलले नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने सुबिधा ल्याएको छ । बैंकले आफ्नो १५ औं वार्षिकोत्सवका अवसरमा यो सुविधा थपेको हो । वैशाख ७ गते बैंकले आफ्नो वार्षिकोत्सव मनाउँदैछ ।

नागरिक  एपमार्फत खाता  खोल्न ग्राहकहरुले बैंकको वेबसाइटमा गएर नागरिक एप मार्फत अनलाइन खाता खोल्ने सेवा छनोट गर्नुपर्ने छ ।  त्यसपछि स्क्रिनमा देखिएको क्यू.आर कोडलाई नागरिक एप बाट स्क्यान गर्नु पर्ने हुन्छ।

सो प्रक्रिया पूरा गरिसकेपछि सो एपमा भएको व्यक्तिगत विवरणहरू आफै अनलाइन फर्ममा भरिनेछन् र बाँकी विवरण भरी ग्राहकहरुले सजिलै अनलाइन खाता खोल्न सक्नेछन् ।