कीवर्डहरू -

अन्वेषकहरुले तोडे क्वान्टम इन्क्रिप्टेड कम्यूनिकेसनको विश्व रेकर्ड

अन्वेषकहरुले तोडे क्वान्टम इन्क्रिप्टेड कम्यूनिकेसनको विश्व रेकर्ड

अन्वेषकहरुले क्वान्टम इन्क्रिप्टेड कम्यूनिकेसको विश्व रेकर्ड तोडेका छन् । बेइजिङका अन्वेषकहरुले १०२.२ किलोमिटरको नयाँ क्वान्टम सेक्योर डाईरेक्ट कम्युनिकेसन (क्यूएसडिसी) वल्र्ड रेर्कड कायम गरेका छन् ।

यूरासियन टाइम्सको रिपोर्ट अनुसार पहिलेको रेकर्ड १८ किलोमिटरको रहेको थियो । प्रसारण गति ०.५४ बिट्स प्रति सेकेण्ड रहेको थियो । यो ३० किलोमिटरको दूरी भित्र टेक्सट मेसेज पठाउन र फोन कल इन्क्रिप्सनका निम्ति राम्रै प्रसारण गति हो ।

यसले गर्दा भविष्यमा ह्याक प्रुफ सञ्चार हुने सम्भावना पनि बढेर जाने गर्दछ । क्यूएसडिसीले सञ्जालहरु सुरक्षित गर्नका निम्ति इन्टयागंलमेन्टको प्रिन्सिपल प्रयोग गर्ने गर्दछ ।

यस नयाँ मोडेलमा जटिल सक्रिय कम्पेन्सेसन प्रणालीलाई हटाएर सहज बनाइएको छ । यसले वातावरणीय ध्वनी प्रदुषणलाई पनि नियन्त्रण गर्ने गर्दछ । यस प्रणालीमा च्यानल लस कम हुने भएकाले अन्वेषकहरुले फाइबरलाई २८.३ किलोमिटरबाट १०२.२ किलोमिटरमा विस्तार गर्न सफल भएका हुन् ।