कीवर्डहरू -

राष्ट्रिय आइसिटी अवार्डका लागि आवेदन दिने आज अन्तिम दिन

राष्ट्रिय आइसिटी अवार्डका लागि आवेदन दिने आज अन्तिम दिन

राष्ट्रिय आइसिटी अवार्डका लागि बिहीबार साँझ ५ बजेसम्म आवेदन दिन सकिने भएको छ । विभिन्न ५ विधामा प्रदान गरिने अवार्डमा आवेदन दिने आज अर्थात बिहीबार अन्तिम दिन हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि पुरस्कार वितरण गर्दैछ ।

उक्त पुरस्कार नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा संघ संस्थाहरुलाई विभिन्न ५ विधामा सरकारले राष्ट्रिय आइसिटी अवार्ड वितरण गरिन्छ ।

यस वर्ष पाँच विधा नेसनल आइसिटी एक्सिलेन्स अवार्ड, नेसनल आइसिटी एक्सिलेन्स अवार्ड (वुमन), नेसनल आइसिटी इनोभेसन अवार्ड, नेशनल आइसिटी अवार्ड (पब्लिक सेक्टर) र नेसनल आइसिटी अवार्ड (प्राइभेट सेक्टर) मा राष्ट्रिय आइसिटी अवार्ड प्रदान गरिने जनाइएको छ ।

आवेदकले भर्नुपर्ने फारामको ढाँचा मन्त्रालयको वेबसाइट र सूचना प्रविधि विभागको वेबसाइटमा उपलब्ध रहेको छ ।आवेदन इमेल [email protected] वा मन्त्रालयको सूचना प्रविधि महाशाखामा दर्ता गराउन सकिने छ ।

\"\"