कीवर्डहरू -

पहिलेको भन्दा ५० प्रतिशत बढी रिसाइकल सामग्री प्रयोग गरेर एप्पलका प्रडक्ट निर्माण

पहिलेको भन्दा ५० प्रतिशत बढी रिसाइकल सामग्री प्रयोग गरेर एप्पलका प्रडक्ट निर्माण

गत वर्ष एप्पलले पहिलेको भन्दा ५० प्रतिशत बढि रिसाईकल सामग्री प्रयोग गरेर एप्पल प्रडक्टहरुको निर्माण गरेको छ । विश्व पृथ्वी दिवसको केही दिन पहिले एप्पलले वातावरणका लागि आफूले निकै काम गरिरहेको बताएको छ ।

सन् २०२२ को वातावरणीय प्रगति रिपोर्टको अनुसार पहिले १८ प्रतिशत रिसाइकल सामग्री प्रयोग गरिने एप्पल प्रडक्टमा एप्पलले सन् २०२१ मा भने ५० प्रतिशत रिसाईकल गरेको सामाग्री प्रयोग गरिएको थियो ।

कम्पनीले कोबाल्ट, टगंस्टेन, पृथ्वीको अरु धातुहरु पुनः प्रयोग गरेर आफ्नो प्रडक्टहरुको निर्माण गरिरहेको खुलाएको छ ।

एप्पलले प्याकेजिङमा प्लास्टिकको प्रयोग पनि एकदमै कम गरेको छ । सन् २०३० सम्ममा एप्पल प्रडक्टहरु कम्पनीले कार्बन न्यूट्रल बनाउने योजना पनि राखेको छ ।