कीवर्डहरू -

क्यान इन्फोटेकको दोस्रो दिनः प्रडक्ट लञ्चिङ र इन्नोभेसनमा अवलोकनकर्ताको आकर्षण

क्यान इन्फोटेकको दोस्रो दिनः प्रडक्ट लञ्चिङ र इन्नोभेसनमा अवलोकनकर्ताको आकर्षण

आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको दोस्रो दिन सुचना तथा संचार प्रविधि सम्बन्धि प्रडक्ट लञ्चिङ र तथा इन्नोभेसन खण्डमा अवलोकनकर्ताको भीड देखिएको छ ।

सूचना तथा सञ्चार प्रविधि सम्बन्धि देशभित्र र बाहिरका व्यवसायी र सम्बन्धित पक्षहरूलाई सहयोग पुग्ने उद्देश्यसहित हिजो बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको क्यान इन्फोटेकको दोश्रो दिन बिहीबार बिभिन्न कम्पनीका सफ्टवेयर तथा कम्प्युटर सम्बन्धि उपकरणहरू बजारमा पहिलो पटक शुरुवात गरिएको स्थानहरुमा अवलोकनकर्ताको भिड रहेको थियो ।

यसैगरी अवलोकनकर्तालाई लक्षित गरी छुट र अफरको घोषणा गरेका फिन्टेक कम्पनी, इमर्जिङ टेक्नोलोजी, वाईफाई तथा इन्टरनेट सेवा प्रदायकहरुको स्टलहरु पनि अवलोकनकर्ताको आकर्षक रहेको थियो ।

यसैगरी क्यान इन्फोटेकको दोश्रो दिन स्टार्टअप र इन्नोभेशन खण्डमा रहेका २६ वटा स्टलहरुमा पनि अवलोकनकर्ताको आकर्षण रहेको थियो ।

इन्नोभेशनका निम्ति क्यान महासंघले नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठानसंग सहकार्य गरेको छ भने स्टार्टअपका निम्ति निम्ति क्यान महासंघले सार्वजनिक सुचना निकालेरै सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागि हुन आह्वान गरेर प्राप्त आवेदनहरुबाट छनौट गरिएको थियो ।

स्टार्टअप तथा इन्नोभेशन खण्डमा रहेका नयाँ तथा इन्नोभेटिभ आइडियाहरुमध्येवाट उत्कृष्टलाई पुरस्कृत गर्ने क्यान महासंघको अवधारणामा सहयोग गर्दै सागर डिस्ट्रिब्युटर्सले नेपालको निम्ति नयाँ अमेरिकी ब्राण्ड एक्स ल्याबको ल्यापटप उपहारस्वरुप प्रदान गर्ने घोषणा गरेको छ ।

आगामी सोमबारसम्म जारी रहने इन्फोटेकको शिर्ष प्रायोजन आइएमइ-पेले गरेको छ भने सह-प्रायोजक एससिटी स्मार्ट क्युआर युनियन पे रहेको छ ।

प्लाटिनम प्रायोजक - वर्ल्डलिङ्क कम्युनिकेसन, डायमण्ड प्रायोजक -  डिस होम फाइवरनेट, गोल्ड प्रायोजकमा - जेनेरेसन नेक्स्ट र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड, सिल्भर प्रायोजकमा - नमस्ते पे, डिजिकम, एस-पावर बिपिइ, ब्रोडवे इन्फोसिस, हुवावे टेक्नोलोजी र टेकमिन्ट रहेका छन् ।

त्यसैगरी इन्नोभेसन पार्टनर सफ्टवेरिका कलेज, एकाडेमिक पार्टनरको रुपमा सनवे कलेज, लजिस्टिक पार्टनरमा एक्सल्याब, इकमर्स पार्टनर सोचेको डटकम र डिजिटल डिस्प्ले पार्टनरको रुपमा अल्ट्रा एलइडि रहेका छन ।

यसैगरी प्रदर्शनीको अफिसियल बैंकको रुपमा ग्लोबल आईएमई बैंक र अफिसियल इन्स्योरेन्सको रुपमा आईएमई जनरल इन्स्योरेन्स रहेका छन् ।

इन्फोटेकलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, सुविसु केवलनेट, भायानेट, रोबोटिक्स एसोसिएशन अफ नेपाल लगायत अन्तर्राष्ट्रिय संस्था एसोसियो र विट्सा लगायतको सहयोग रहेको छ ।