कीवर्डहरू -

९ महिनामा आयात भए ५० लाख मोबाइल सेट, चैतमा मात्रै सात लाख

९ महिनामा आयात भए ५० लाख मोबाइल सेट, चैतमा मात्रै सात लाख

९ महिनामा ३४ अर्ब ९७ करोड ९७ लाख ८९ हजार बराबरका मोबाइल नेपाल भित्रिएका छन् । चालु आर्थिक वर्षको ९ महिनामा उक्त मूल्य बराबरका मोबाइल आयात भएका हुन् ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको चैतसम्म ३४ अर्ब ९७ करोड ९७ लाख ८९ हजार बराबरका ५० लाख ८५९ मोबाइल आयात भएका छन् । मोबाइल आयातबाट सरकारलाई ५ अर्ब ५२ करोड ९१ लाख २२ हजार राजस्व प्राप्त भएको छ ।

चालु आर्थिक वर्षको फागुनसम्ममा ३० अर्ब ९९ करोड २१ हजार बराबरका ४२ लाख ५९ हजार ९८९ मोबाइल आयात भएका थिए । त्यो अनुसार एक महिनामै अर्थात चैत्र महिनामा मात्रै ७ लाख मोबाइल आयात भएका छन् ।