कीवर्डहरू -

सीजी नेट ३० दिनसम्म निःशुल्क प्रयोग गर्न सकिने, यस्तो छ तरिका

सीजी नेट ३० दिनसम्म निःशुल्क प्रयोग गर्न सकिने, यस्तो छ तरिका

सीजी नेट अब ३० दिनसम्म निःशुल्क प्रयोग गर्न सकिने भएको छ । यसका लागि सीजी नेटले थर्टी डेज ट्रायल अफर ल्याएको हो ।

यस अन्तर्गत ग्राहकले ३० दिनसम्म सीजी नेट प्रयोग गरेर आफुलाई मन परेमा त्यसपछि मात्रै खरिद गर्न सक्ने छन् ।
३० दिन फ्री ट्रायल पाउन यहाँ क्लिक गर्नुहोस् र आफ्नो विवरण सबमिट गर्नुहोस् । त्यसपछि सीजी नेटले तपाईलाई सम्पर्क गर्नेछ ।

सीजी नेटले हाल १२० र ५० एमबीपीएसको इन्टरनेट वितरण गर्दै आएको छ । १२० एमबीपीएसको मासिक मूल्य ९९९ रूपैयाँ र ५० एमबीपीएसको मूल्य ६४९ रूपैयाँ तोकिएको छ ।

सीजी नेटले क्यान इन्फोटेकबाट इन्टरनेट खरिद गर्ने ग्राहकलाई १२ महिनाको खरिद गर्दा थप २ महिना र ६ महिनाको खरिद गर्दा थप १ महिना निःशुल्क इन्टरनेट दिदै आएको छ ।