कीवर्डहरू -

प्रयोगकर्तालाई निःशुल्क भिसा कार्ड दिदै आईएमई पे

प्रयोगकर्तालाई निःशुल्क भिसा कार्ड दिदै आईएमई पे

डिजिटल वालेट आईएमई पेले प्रयोगकर्ताहरूलाई निःशुल्क भिसा कार्ड प्रदान गरिरहेको छ । क्यान इन्फोटेकमा आईएमई पेले प्रयोगकर्ताहरूलाई भिसा कार्ड निःशुल्क दिइरहेको हो ।

क्यान इन्फोटेकको स्टलमा गएर भिसा कार्ड लिन सकिने छ । त्यसका लागि आईएमई पे प्रयोगकर्ता हुनुपर्नेछ ।आईएमई पे भिसा कार्ड भनेको एटिएम कार्ड जस्तै हो । भिसा कार्डबाट कारोबार गर्न आईएमई पे वालेटमा पैसा भने हुनुपर्नेछ ।

उक्त भिसा कार्डमार्फत अनलाइन कारोबार, पोस मेसिन र एटिएमबाट पैसा झिक्न सकिने छ । पहिलो २ पटक एटिएमबाट पैसा झिक्दा कुनै शुल्क लाग्दैन् । क्यान इन्फोटेक सोमबारसम्म मात्रै सञ्चालन हुनेछ ।