कीवर्डहरू -

डिशहोमको रिचार्ज गर्ने २ जनाले पाए १-१ लाख नगद

डिशहोमको रिचार्ज गर्ने २ जनाले पाए १-१ लाख नगद

१ वर्षको रिचार्ज गर्दा डिशहोमका दुई ग्राहकले नगद १/१ लाख रुपैयाँ जितेका छन् । डिशहोमले १ वर्षमा २४ महिना योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरुले १ वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डीटीएचको सेवा उपभोग गर्न पाउने र हरेक हप्ता लक्की ड्रमार्फत एक जनाले एक लाख जित्ने योजना ल्याएको थियो।

यसै योजनाअन्तर्गत वैशाख ५ गते र वैशाख १२ गते गरिएको लक्की ड्रमा क्रमशः क्यास आईडी ७१९००८३१०४२ र ०२५६४२५१७०३ भएका ग्राहकहरुले एक–एक लाख जित्न सफल भएको कम्पनीले जनाएको छ।

डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाइकहाँ गएर डिशहोमको फण्ड ट्रान्सफरमार्फत आफूले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ ।

यस लक्की ड्रको प्रत्यक्ष प्रसारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाइलो एचडी, सरोकार टिभी, नेपा च्यानल, तथा डिशहोम सोकेसमा हुने गर्दछ।