कीवर्डहरू -

खल्तीमा माछापुच्छ्रे बैंकको खाता लिंक गर्दा १०० बोनस, एक भाग्यशालीलाई स्मार्टफोन उपहार

खल्तीमा माछापुच्छ्रे बैंकको खाता लिंक गर्दा १०० बोनस, एक भाग्यशालीलाई स्मार्टफोन उपहार

खल्ती डिजिटल वालेट र माछापुच्छ्रेबीच साझेदारी भएसँगै ‘खल्ती’मा बैंक लिंक गर्ने सेवा उपलब्ध भएको छ । ‘खल्ती’मा  माछापुच्छ्रे बैंकको लिङ्क गरेमा प्रयोगकर्ताहरुले रु. १०० बोनस तुरुन्तै प्राप्त गर्ने जनाइएको हो ।

यस्तै एक जना भाग्यशाली प्रयोगकर्ताले सामसुङ्गको स्मार्टफोन पनि जित्न सक्ने खल्तीले जनाएको छ ।  बोनस र स्मार्टफोन माछापुच्छ्रे बैंक खाता खल्तीमा पहिलो पटक लिङ्क गर्ने प्रयोगकर्ताका लागि लागू हुने जनाइएको छ ।

एकपटक प्रयोगकर्ताले बैंकलाई लिङ्क गरेपछि, यस मार्फत वालेट लोड नगरी केही ट्याप मै पानी, इन्टरनेट, बिजुली, सरकारी राजस्व, टिकट बुकिङ र अन्य सेवाहरू पाइने जनाइएको छ ।