कीवर्डहरू -

कतार एयरवेज मेटाभर्समा प्रवेश, सार्वजनिक गर्‍यो क्यूभर्स

कतार एयरवेज मेटाभर्समा प्रवेश, सार्वजनिक गर्‍यो क्यूभर्स

कतार एयरवेज क्यूभर्स सार्वजनिक गर्दै मेटाभर्समा प्रवेश गरेको छ । मेटाभर्स एयरलाइनको वेभसाइट भिजिट गर्नेहरुका लागि नौलो भर्चुअल रियालिटी (भीआर) अनुभव हो ।

एयरलाइनको वेभसाइटको माध्यमबाट आफ्नै नीजि विद्युतिय उपकरण (पीईडी) मार्फत प्रयोगकर्ताले अब हमाद इन्टरनेशनल एयरपोर्ट (एचआईए)को प्रिमियम चेक इन क्षेत्र, एयरलाइनको विमान भित्रको क्याविन इन्टेरियर तथा इकोनोमी क्लास क्याविनको भर्चुअल यात्रा तथा अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ ।

भौतिक सिमानालाई मेटाभर्सले बृहत्त मात्रामा चुनौति दिन सुरुगरी रहेको अवस्थामा यात्राका पारखीहरुका लागि हाम्रा अवार्ड विजेता उत्पादन तथा सेवाहरुको अभुतपूर्व पृथक अनुभव पस्कन प्रविधि अपनाउन पाउँदा निकै उत्साहित भएको कतार एयरवेजका गु्रप चिफ एक्जेक्यूटिव अकबर अल बाकरले बताए ।

‘मेटाभर्स मेटाह्यूमन क्याविन क्रु अवलम्बन गर्ने पहिलो एयरलाइनका रुपमा उपभोक्ताका लागि नवप्रबर्तनात्मक अभुतपूर्व अनुभव पस्कने हाम्रो चाहनाको प्रमाणपनि हो । हामी नवीन प्रविधिहरुका साथमा आफ्ना यात्रुहरुको यात्रा सुमधुर बनाउँदै समग्र सन्तुष्टिको यात्रा प्रदान गर्न निरन्तर प्रयासरत छौँ,’ उनले भने ।

यो अनुभवको विकास इपिक गेम्सको अनरियल इन्जिन, विश्वकै सर्वाधिक उन्नत रियल–टाइम थ्रीडी क्रिएशन टूल र मेटाह्यूमन क्रिएटर, डिजिटल मानव निर्माणका लागि उच्च क्षमता सहितको एक क्लाउडमा आधारित एपको प्रयोग मार्फत गरिएको जनाइएको छ ।