कीवर्डहरू -

गरिमा विकास बैंकको मोबाइल बैकिङ्ग तथा डेविट कार्ड प्रयोग गर्दा अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट

गरिमा विकास बैंकको मोबाइल बैकिङ्ग तथा डेविट कार्ड प्रयोग गर्दा अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट

पर्यटकीयस्थल पोखराको फेवातालदेखि सराङकोटसम्म सञ्चालन हुँदै आएको अन्नपूर्ण केबलकारमा छुट प्रदान हुने भएको छ । गरिमा विकास बैंक र केबलकारबीच छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।

सम्झौता अनुरुप, गरिमा विकास बैंकको मोबाइल बैकिङ्ग तथा डेविट कार्ड प्रयोग गर्ने सेवाग्राहीहरुले केबलकारको टिकट मूल्यमा  १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

हाल, गरिमा विकास बैंकले नेपालभर ११९ शाखा कार्यालय, १ एक्सटेन्सन कार्यालय र ५१ एटिएमबाट सेवा प्रवाह गर्दै आइरहेको छ ।