कीवर्डहरू -

भिडियो प्रतियोगिता गर्दै निर्वाचन आयोग, धेरै भ्यूज ल्याउनेलाई नगद पुरस्कार र प्रशंसापत्र

भिडियो प्रतियोगिता गर्दै निर्वाचन आयोग, धेरै भ्यूज ल्याउनेलाई नगद पुरस्कार र प्रशंसापत्र

निर्वाचन आयोगले चुनावसम्बन्धि सन्देशमूलक भिडियो बनाउनेलाई पुरस्कार दिने भएको छ । आउँदो वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आयोगले सन्देशमूलक भिडियो बनाउनेलाई ५० हजारसम्म पुरस्कार दिने भएको हो ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तयार पारिएका सन्देशमूलक भिडियोहरू आयोगले आफ्नो ट्विटर, युट्युब, फेसबुक, भाइबर लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको छ ।

आयोगले अपलोड गरेका भिडियोमा टिकटक बनाइ वा पहिलेकै स्वरूपमा वैशाख २९ गतेभित्र फेसबुक, टिकटक, युट्युबमा लगायतका सामाजिक सञ्जालमा पोष्ट गर्ने, शेयर गर्नुपर्नेछ ।

अपलोड गरेका भिडियोमा ५० लाख वा सोभन्दा बढी दर्शक पुर्‍याउनेलाई ५० हजार, तीस लाख वा सोभन्दा बढी दर्शक पुर्‍याउनेलाई ३० हजार र २० लाख वा सोभन्दा बढी दर्शक पुर्‍याउनेलाई २० हजार नगद पुरस्कार प्रदान गरिने छ ।

त्यस्तै विजेतालाई प्रशंसापत्र पनि प्रदान गरिने छ । यस प्रतियोगितामा सहभागी हुन निर्वाचन आयोगले सबैलाई अनुरोध गरेको छ ।