कीवर्डहरू -

बिज बजारबाट सामान किन्दा प्रत्येक महिनाको २० गते न्यूनतम २० प्रतिशत छुट पाइने

बिज बजारबाट सामान किन्दा प्रत्येक महिनाको २० गते न्यूनतम २० प्रतिशत छुट पाइने

बिज बजारबाट सामान किन्दा प्रत्येक महिनाको २० गते न्यूनतम २० प्रतिशत छुट पाइने भएको छ । कम्पनीले ‘जे चाहिन्छ, त्यही पाइन्छ’भन्ने नारासहित ‘२० मा बिज’ अभियान सञ्चालनमा ल्याएको हो ।

यस अभियान अन्तर्गत प्रत्येक महिनाको २० गते बिज बजारबाट सामान किन्दा कम्पनीले तोकेका वस्तुमा न्यूनतम २० प्रतिशत छुट पाइने बताइएको छ । यो अभियान यही वैशाख महिनाबाट सुरु हुने बताइएको छ ।

साथै प्रत्येक महिनाको २० गतेका दिन सामान खरिद गर्ने मध्ये लक्की ड्रमार्फत छनोट भएका २० जना भाग्यशाली सेवाग्राहीहरूले विभिन्न २० प्रकारका उपहारहरू (१ उपहार प्रति सेवाग्राही) प्राप्त गर्नेछन् ।

त्यसैगरी यो अभियान अन्तर्गत प्रत्येक महिनाको २० गते बेलुका ८ बजेदेखि ८ बजेर २० मिनेटसम्म (२० मिनेट) भारी छुटसहितका रहस्यमय सामानहरूको बिक्री पनि सञ्चालन हुने बताइएको छ ।

साना तथा मझौला उद्योग व्यवसायलाई डिजिटल माध्यमबाट बजारसँग जोडेर डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो अभियान प्रभावकारी हुने विश्वास कम्पनीको छ ।

साथै २०७९ साल वैशाख ३१ सम्म सेवाग्राहीहरूलाई बिज बजारले सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुटसमेत दिने छ ।