कीवर्डहरू -

भोलि राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

भोलि राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

सरकारले सोमबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउने भएको छ । ‘गुणस्तरीय एवं सुरक्षित सूचना प्रविधिको विस्तार, समुन्नत राष्ट्र निर्माणको आधार’ नारासहित सरकारले सोमबार राष्ट्रिय आइसिटी दिवस मनाउने भएको हो ।

सरकारले राष्ट्रिय आइसिटी दिवसको अवसरमा राष्ट्रिय आइसिटी अवार्ड पनि वितरण गर्दैछ । यस वर्ष नेसनल आइसिटी एक्सिलेन्स अवार्ड, नेसनल आइसिटी एक्सिलेन्स अवार्ड (वुमन), नेसनल आइसिटी इनोभेसन अवार्ड, नेशनल आइसिटी अवार्ड (पब्लिक सेक्टर) र नेसनल आइसिटी अवार्ड (प्राइभेट सेक्टर) गरी पाँच विधामा राष्ट्रिय आइसिटी अवार्ड प्रदान गरिनेछ ।

२०७४ जेठ १९ गते बसेको मन्त्रीपरिषद्‍बाट सो बमोजिम निर्णय भए अनुसार प्रत्येक बर्ष मे २ मा राष्ट्रिय सूचना तथा सञ्‍चार प्रविधि दिवस मनाउन थालिएको हो ।