कीवर्डहरू -

पंकज जलानलाई नेशनल आइसिटी एक्सिलेन्स अवार्ड

पंकज जलानलाई नेशनल आइसिटी एक्सिलेन्स अवार्ड

इन्जिनियर पंकज जलानलाई नेशनल आइसिटी एक्सिलेन्स अवार्ड २०२२ प्रदान गरिएको छ । राष्ट्रिय आइसिटी दिवसको अवसरमा सरकारले जलानलाई १ लाख नगदसहित नेसनल आइसिटी एक्सिलेन्स अवार्डबाट सम्मान गरेको हो ।

२३ वर्ष पहिला नेपालमा आइटी शिक्षाको आवश्यकता महसुस गरि आइटी कलेजको सुरुवात गर्ने एक परिचित तथा नाम हो पंकज जलान ।

सन् १९९८ मा नै लर्ड बुद्ध एजुकेशन फाउण्डेशन मार्फत आइटी शिक्षाको गोरेटो खन्ने काम उनले गरे । अहिलेसम्म यस कलेजबाट १० हजारबढि आइटीका जनशक्ति क्रियाशील छन् ।

संस्थापक स्वर्गीय परमानन्द केजरीवालको सपनालाई मूर्तरुप दिन जलानले कम्प्युटर शिक्षालाई सबैको पहुँचमा विस्तार गर्न महत्वपूर्ण काम गरेका छन् ।

उनको नेतृत्वमा अहिलेसम्म १० हजारबढि महिलाहरुले कम्प्युटरको तालिम प्राप्त गरेका छन् । यसैगरी क्यान महासंघ, नेपाल च्याम्बर अफ कमर्श लगायत विभिन्न स्रंस्थाहरसँग सहकार्यमा कलेजले आइटी शिक्षाको लागि सयौँलाई छात्रवृत्ति प्रदान गरिरहेको छ ।

आइटी शिक्षालाई गुणस्तरीय र आधुनिक प्रविधिहरसँग अभ्यस्त गराउन जलानको नेतृत्वमा पाटन कलेज फर प्रोफेसनल स्टडिजको सुरुवात भएको छ । जनकपुरमा स्मार्ट विद्यालयको रुपमा अक्षर विद्या मन्दिर पनि सञ्चालनमा रहेको छ ।

गतवर्ष मात्रै काठमाडौँ विश्वविद्यालयको सहकार्यमा ब्याचलर अफ टेक्निकल एजुकेशन इन आइटी कोर्स सञ्चालन गर्नेगरी उनले जानकी कलेज फर प्रोफेसनल स्टडिज सञ्चालनमा ल्याएका छन् । त्यसैगरी उनकै नेतृत्वमा एआईम आधरित इजाच टूल्सको पनि विकास गरिएको छ ।

२३ वर्षको दौरानमा उनले आइटी शिक्षासँगै सामाजिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिएका छन् । उनी अन्तर्राष्ट्रिय शिक्षा प्रदायक संघको संस्थापक अध्यक्ष हुन् भधने क्यान महासघं, च्याम्बर अफ कमर्श लगायतमा महत्वपूर्ण जिम्मेवारीको साथ काम गरिसकेका छन् । यस क्षेत्रमा गरेको योगदानको कारण उनी धेरै संस्थाहरुबाट सम्मानित पनि भएका छन् ।