कीवर्डहरू -

रोजा किरण बासुकलालाई नेसनल आइसिटी एक्सिलेन्स अवार्ड 

रोजा किरण बासुकलालाई नेसनल आइसिटी एक्सिलेन्स अवार्ड 

नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२२ (वुमन) रोजा किरण बासुकलालाई प्रदान गरिएको छ । राष्ट्रिय आइसिटी दिवसको अवसरमा सरकारले बासुकलालाई १ लाख नगदसहित नेसनल आइसिटी एक्सिलेन्स अवार्डबाट सम्मान गरेको हो ।

बासुकला विगत १५ वर्षदेखि नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा सक्रिय छन् । उनले इन्जिनियरिङ अध्ययन संस्थान पुलचोकबाट कम्प्युटर इन्जिनियरिङ विषयमा स्नातक र दक्षिण कोरियाको इन्टिच्युट अफ इन्फर्मेसन टेक्नोलोजीज एडभान्समेन्टबाट छात्रवृत्तिमा इन्फर्मेसन एण्ड कम्युनिकेसनमा इन्जिनियरिङमा स्नातकोत्तर गरेकी छन् ।

उनी हाल नेपाल दूरसञ्चार प्राधिकरणमा उपनिर्देशकको रूपमा कार्यरत छिन् । उनले २०६३ सालदेखि सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सेवा आरम्भ गरेकी थिइन् ।