कीवर्डहरू -

के गूगलमा तपाईको फोन नम्बर देखिन्छ ? यस्तो छ नदेखाउने तरिका

के गूगलमा तपाईको फोन नम्बर देखिन्छ ? यस्तो छ नदेखाउने तरिका

के तपाईको सम्पर्क नम्बर गूगलमा देखिन्छ ? यदी त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईले सो नम्बरलाई नदेखाउन सकिन्छ ।

आफ्नो सम्पर्क नम्बर तथा ठेगाना जस्तो निजी जानकारी गूगलमा देख्नुभयो भने गूगललाई रिक्वेस्ट गरेर हटाउन सकिन्छ ।

गूगलले हालैमा सर्च इन्जिनबाट व्यक्ति पत्ता लगाउन मिल्ने रिजल्टहरु हटाउने भनेपछि अब गूगललाई अनुरोध गरेर आफ्नो निजी जानकारी गूगलबाट हटाउन मिल्ने भएको हो ।

यो फिचर प्रयोगकर्ताहरलाई के जानकारी बाहिर जाने र नजाने भन्ने विषयमा अझै नियन्त्रण दिनका लागि सार्वजनिक गरिएको हो । यसका लागि तलको प्रक्रिया प्रयोग गर्नुपर्ने हुन्छ ।

सर्वप्रथम गूगलको सपोर्ट पेजमा जाने । त्यहाँ तपाईले रिक्वेस्ट टू रिमूभ योर पर्सनल इन्फोरमेसन अन गूगल भन्ने ट्याब देख्न सक्नुहुनछे । त्यहाँको लिकंमा क्लिक गरेपछि सही विवरण राखेर फर्म भर्नुपर्ने हुन्छ ।

कुन कुरा हटाउने हो भनेर चाहिएको विवरण भरेर फर्मलाई सबमिट गर्नुपर्ने हुन्छ । फर्म भरेपछि गूगलले अटोमेटेड रिस्पोन्स आउँछ जसले रिक्वेस्ट कन्फर्म गरिदिने गर्दछ ।