कीवर्डहरू -

अब डिजिटल वालेटमा खाता खोल्दा पेश गरेको विवरण साँचो रहेको स्वःघोषणा गर्नु पर्ने

अब डिजिटल वालेटमा खाता खोल्दा पेश गरेको विवरण साँचो रहेको स्वःघोषणा गर्नु पर्ने

अब डिजिटल वालेटमा खाता खोल्दा पेश गरेको विवरण साँचो रहेको तथा सो विवरण झुटो ठहरिएमा कानुन बमोजिम सहुँला/बुझाउँला भनेर व्यहोराको विद्युतीय रुपमा स्वःघोषणा गर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशन २०७८ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

विद्युतीय वालेटमा ग्राहकले खाता खोल्दा तथा ग्राहक पहिचान विवरण अद्यावधिक गर्दा ‘पेशगरेको विवरण ठिक साँचो रहेको तथा सो विवरण झुटो ठहरिएमा कानुन बमोजिम सहुँला/बुझाउँला’ भन्ने व्यहोराको विद्युतीय रुपमा स्वःघोषणा गर्न लगाउनु पर्ने निर्देशनमा भनिएको छ ।