कीवर्डहरू -

फ्लाईट र होटेल खोज्न गूगलले थप्यो नयाँ फिचर

फ्लाईट र होटेल खोज्न गूगलले थप्यो नयाँ फिचर

गूगलले फ्लाईट र होटेल खोज्नका लागि केही फिचरहरु थप गरको छ । फिचरमा उडानको पैुन पत्ता लगाउने देखि होटेल खोज्न सहज हुने अपडेटहरु रहेका छन् ।

गूगल फ्ल्याईटले प्रयोगकर्ताहरुलाई ६ महिनासम्म दुई सहरबिचको फ्ल्याईट मूल्य थाहापाउन दिन्छ । कुनै बेला टिकेटको मूल्य घटेको छ भने गूगलले इमेल नोटिफिकेसन पठाउने गर्दछ ।

गूगलको ट्राभल साईटले तपाईको गएको ठाउँको नजिकै कुन होटेल छ भनेर खोज्न दिने गर्दछ । त्यस्तै यसले डाइनिङ, दृश्य अवलोकन गर्न र शपिङ अप्सनहरु खेज्न दिने गर्दछ ।

गूगलकै एक्सप्लोर अप्सनले एक्सप्लोर नियरबाई भन्ने फिच दिने गर्दछ जसले नजिकैको ठाउँहरु कहाँ घुम्न सकिन्छ भनेर थाहा पाउन सकिन्छ ।