कीवर्डहरू -

 पिक्चर इन पिक्चर भिडियोमा फायरफक्स १०० ले सबटाइटल सपोर्ट दिदै

 पिक्चर इन पिक्चर भिडियोमा फायरफक्स १०० ले सबटाइटल सपोर्ट दिदै

फायरफक्स १०० ले पिक्चर इन पिक्चर भिडियोका लागि सबटाइटल सपोर्ट ल्याएको छ । डेस्कटप ब्राउजरमा अब पिक्चर इन पिक्चर मोड एक्टिभ हुँदा सबटाइटल र क्याप्सन सपोर्ट रहने भएको छ ।

पिआईपी सब्टाइटल सुरुमा युट्युब, नेटफिल्क्स, प्राइभ भिडियो र वेब भिटीटी फरम्याट प्रयोग गर्ने साइटहरुका लागि उपलब्ध हुनेछ । फायरफक्स १०० ले भाषा स्वीच गर्ने फिचरको पनि जाँच गरिरहेको छ ।

प्रयोगकर्ताले फायरफक्स १०० खोलेपछि ब्राउजरले डिभाइसको भाषा र ब्राउजरको भाषा एउटै छ की छैन् भनेर जाँच गर्ने गर्दछ र एउटै नभएमा ब्राउजरमा भएको १०० भन्दा बढि भाषाहरुबाट सेलेक्ट गर्न दिने गर्दछ ।

एन्ड्रोइडका लागि एचटीटीपिएस अन्ली मोड सार्वजनिक भएको थियो । यसले स्वायत्त रुपमा प्रयोगकर्ताको दृढ सेक्युरिटीका लागि एचटीटीपिएस भर्सनसँग कनेक्ट गरिदिने गर्दछ । फायरफक्सले दुवै एन्ड्रोइड र आईओएसका लागि नयाँ वालपेपर पनि ल्याएको छ ।