कीवर्डहरू -

अब आइएमई पे मार्फत गोल्डस्टार किनेको बिल भुक्तानी गर्दा ३० प्रतिशतदेखि ३०० रुपैयाँसम्म छुट

अब आइएमई पे मार्फत गोल्डस्टार किनेको बिल भुक्तानी गर्दा ३० प्रतिशतदेखि ३०० रुपैयाँसम्म छुट

आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र गोल्डस्टारबीच सम्झौता भएको छ । आज राजधानीमा विशेष कार्यक्रमको आयोजना गरी उक्त सम्झौता सम्पन्न गरिएको हो ।

सम्झौता अनुसार गोल्डस्टार जुत्ताहरूको खरिदमा अब आइएमई पे मार्फत भुक्तानी गर्दा ३० प्रतिशतदेखि ३०० रुपैयाँसम्म छुट पाइने छ । सम्झौता पत्रमा आइएमई पेका सहायक महाप्रबन्धक प्रमोदमानसिँह बस्नेत र गोल्डस्टारका ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गरे ।

यही वैशाख २३ गतेदेखि सुरु हुने यो अफर सिमित समयसम्म मात्र चल्ने बताइएको छ । जसमा गोल्डस्टार जुत्ता गोल्डस्टारको वेबसाइटबाट खरिद गर्दा वेभ चेक आउटमा र गोल्डस्टार जुत्ताका भौतिक आधिकारिक फोरमहरुमा क्यूआरमार्फत भुक्तानी गर्दा ३० प्रतिशतदेखि ३०० रुपैयाँसम्मको छुट पाइन्छ ।

आइएमई पेका सहायक महाप्रबन्धक प्रमोदमानसिँह बस्नेतले ‘आइएमई पे’ र गोल्डस्टारबीचको सम्झौताले हामी निकै उत्साहित भएको बताए । उनले सोही सम्झौताबाट पुरानो प्रयोगकर्ताहरूको साथै नयाँ प्रयोगकर्ताहरूलाई डिजिटल प्रविधि चलाएर गोल्डस्टार जुत्ता खरिद गर्दा छुटको फाइदा उठाउन प्रोत्साहन दिने बताए ।

यस्तै, गोल्डस्टारका ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले आइएमई पेसँगको सहकार्य आउँदा दिनहरुमा अझै बढाउँदै लाग्ने कुरामा विश्वस्त रहेको बताए ।