कीवर्डहरू -

विन्टर इन्टेक कोड क्याम्प सम्पन्न, ७६ जना छनौटमा पर्न सफल

विन्टर इन्टेक कोड क्याम्प सम्पन्न, ७६ जना छनौटमा पर्न सफल

नेपालको अग्रणी आईटी कम्पनी इन्फोडेभलपर्सले आयोजना गरेको विन्टर इन्टेक कोड क्याम्पको क्लोजिङ कार्यक्रम सम्पन्न भएको छ । स्वीफ्ट टेक्नोलोजी, मिदास टेक्नोलोजी र रिगो टेक्नोलोजीसँगको सहकार्यमा आयोजना गरि विन्टर इन्टेक कोड क्याम्प पौष २५,२०७८ देखि शरू भएको थियो ।

उद्योग र एकेडेमीकबीचको सहकार्यमा विन्टर इन्टेक कोड क्याम्प आयोजना भएको इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले बताए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका अक्ष्यक्ष तथा आइएमई ग्रुपका निर्देशक हेमराज ढकालले ‘ज्ञानमा निपुण रहेका व्यक्तिमार्फत मात्रै नेपाललाई चिनाउन सकिन्छ । त्यहीकारण हाम्रोमा ठूलो सम्भावना छ । अब हरेक वर्ष हामीले १० हजार युवाहरूलाई प्रशिक्षण दिनुपर्छ । ’ भन्ने बताए ।

नयाँ प्रतिभाहरू पहिचान गर्ने र रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यसहित विन्टर इन्टेक कोड क्याम्प आयोजना गरिएको थियो । यसमा ४०९ जना भन्दा बढी विद्यार्थीहरूले रेजिस्टर गरेका थिए  ।

गत वर्ष पुस २ गतेदेखि १६ गतेसम्म विन्टर इन्टेक कोड क्याम्पका लागि रजिष्ट्रेसन खुल्ला गरिएको थियो । त्यसपछि प्राप्त आवेदनमध्ये पहिलो चरणको फिल्टर पश्चात २०० भन्दा बढी विद्यार्थी विन्टर कोड क्याम्पमा छानिएका थिए । ३ महिनाको प्रशिक्षण पश्चात ७६ जना छनौटमा परेका थिए ।

जाभा, रियाक्ट, डटनेट, एंगुलर, लाराभेल, एन्ड्रोइड तथा आईओएस एप डेभलपमेन्ट, एआई, डेटाबेस, युएक्सयुआई डिजाइन, ग्राफिक्स डिजाइन, पाइथन, फ्लटर, जाभा, पीएचपी, बिजनेस एनालिष्ट लगायतमा छुट्टा छुट्टै टिम बनाएर विन्टर इन्टेक कोड क्याम्पमा तालिम प्रदान गरिएको थियो ।