क्युआर कोडको नाम त सुन्नु भएकै होला । हेर्दा प्रष्ट बुझ्न नसकिने सानो कोडमा थुप्रै जानकारी लुकेको हुन्छ । यही कोडको सहयोगले एप डाउनलोड गर्ने लिंक पनि प्राप्त गर्न सकिन्छ ।
यसका साथै डिजिटल पेमेन्टका लागि पनि क्युआर कोडको प्रयोग गरिन थालिएको छ । अहिले धेरै काममा धेरै प्रयोगका लागी क्युआर कोड प्रयोग भइरहेको छ ।
यो क्युआर कोड भित्र धेरै कुराहरु लुकेको हुन्छ । कुनै उत्पादनको बाहिरी खोलमा, एप डाउनलोड गर्न, डिजिटल पेमेन्ट, व्यक्तिगत विवरणको बारेमा जान्नका लागि पनि क्युआर कोडको प्रयोग गरिन्छ ।
तपाईलाई लाग्छ होला यो क्युआर कोड प्रयोग गर्न सहज छैन होला । तर यस्तो हुँदै होइन् । यसलाई बनाउन पनि एकदमै सहज रहेको छ ।
तपाई क्युआर कोड जेनेरेट भनेर गुगलमा सर्च गर्नुहोस त्यहाँ तपाईले थुप्रै किसिमका किसिमका वेबसाइटमा भेटाउनु हुनेछ । ति वेबसाइटबाट क्युआर कोड बनाउन सकिन्छ ।
क्युआर कोडमा सबै विवरणहरु सुरक्षित राख्न सकिन्छ । क्युआर कोड बनिसके पछि एउटा इमेज देखाउँछ । त्यो इमेज स्क्यान गरेपछि क्युआर कोडमा राखेको सबै विवरणहरु देखाउँछ ।
क्युआर कोड स्क्यान गर्ने र बनाउने पनि विभिन्न एपहरु रहेका छन् । क्युआर कोडमा विभिन्न कामको लागी विभिन्न विवरणहरु राख्न सकिन्छ ।
फोटो स्रोत ः एसेट इन्फिनिटी
के हो त क्युआर कोड ?
क्युआर कोडको पूर्ण रुप क्वीक रिस्पोन्स कोड हो । यो कोड मोबाइल फोनले सजिलै पढ्न सक्छ । यसमा म्याट्रिक्स बारकोडको प्रयोग गरेर स्पेसिङको सिर्जना गरिन्छ ।
एकचोटि क्युआर कोड स्क्यान गरेपछि त्यहाँबाट कति धेरै जानकारी प्राप्त गर्न सकिन्छ ।
यसको प्रयोग ठूलो उद्योग, ठूलो व्यवसाय, खुद्रा पसल र अरु थुप्रै ठाउँमा गर्न सकिन्छ । क्युआर कोडले ७ हजार ८९ डिजिट र ४ हजार २ सय ९६ क्यारेक्टर स्टोर गर्न सक्छ जसमा पंकचुएसन मार्क र विशेष क्यारेक्टरहरु पनि पर्छन् ।
क्युआर कोडमा क्षति पुगेतापनि क्युआर कोडको संरचना डेटा कुञ्जीहरूमा त्यसको नक्कलहरू समावेश गरिएको हुन्छ । यसले गर्दा स्क्यानरहरूमा यसको पठन योग्यतालाई असर नगरीकनै ३० प्रतिशत कोड संरचना क्षति पुग्दैन् ।
क्युआर कोड कसले निर्माण गरेको हो त ?
सुपरमार्केटहरुमा एकदमै भीड भएर पैसा तिर्ने ठाउँमा लाइन हुन थालेपछि पोइन्ट अफ सेल्स प्रविधिको विकास गरियो ।
यो बारकोडको एकदमै सुरुवाती भर्सन रहेको थियो । यति गरे तापनि सुपरमार्केटहरुले समस्या समाधान भएन ।
किनभने सुरुवाती भर्सनमा एक दिशामा कोडिङ गर्न मिल्ने मात्रै व्यवस्था रहेको थियो । त्यस्तै बारकोडले सूचनाको २० अल्फान्युमेरिक क्यारेक्टर मात्रै स्टोर गर्न सक्थ्यो ।
क्युआर कोडको विस्तृत रुप डिईएएनसो वेब इनकर्पाेरेटेडले बनाएको हो । कम्पनीको प्रमुख विकासकर्ता मासाहिरो हाराले यसको विशेष विकास गरेका थिए ।
बारकोडको सिमा थाहा पाएपछि सुपरमार्केटहरुले डिईएएनसो वेब इनकर्पाेरेटेडलाई सम्पर्क गरेको थियो । हाराले बारकोडलाई युनीडिरेक्स्नल बाट टु–डी कोडमा परिणत गरिदिएका थिए ।
यसले गर्दा बारकोडमा अझै धेरै जानकारी राख्न मिल्ने भएको थियो । हाराले क्युआरकोडको आकार वर्गाकार दिने निर्णय गरे किनभने अन्वेषण गर्दा यो सजिलै पत्ता लाग्ने आकार हो भनेर पाइएको थियो ।
वर्गाकारले तेर्साे र ठाडो दुवै तरिकाले जानकारी कोडिङ गर्नलाई पनि मद्दत पु¥यायो । वर्गाकारमा राख्दा क्युआरकोडको जानकारीलाई बारकोडभन्दा १० गुणा चाँडो रिड गर्न मिल्ने भयो ।
यो सबै अन्वेषणलाई डिईएएनसो वेब इनकर्पाेरेटेडले सन् १९९४ मा प्याटेन्ट अधिकार नराखिकनै सार्वजनिक गरेको थियो । यसपछि त क्युआर कोडको प्रयोगकर्ता अत्याधिक संख्याले बढ्दै गएका थिए ।
क्युआर कोडले कसरी काम गर्छ त ?
क. क्युआर कोडको सरंचना ः
अहिलेको क्युआर कोडहरुमा सात ओटा भाग हुने गर्छन् । हरेक भाग रे पिक्सेल प्याटर्न बनाउँछ । जुन कुनै पज्जल जस्तै देखिने गर्छ ।
यसमा रहेको प्रत्येक तत्वको एक विशिष्ट उद्देश्य हुन्छ जसले कोड मार्फत निश्चित जानकारी पु¥याउने काम गर्छ । जस्तै प्रिन्ट दिशा, समय, त्रुटि सहिष्णुता, र खाली ठाउँहरू जसले गर्दा कोड फरक छुटयाउन मद्दत पुग्छ ।
फोटो स्रोत ः प्याट्रिक वाईड
क्युआर कोड कसरी स्कयान गर्ने ?
अहिलेका धेरैजसो क्युआर कोडलाई स्मार्टफोन कै मद्दतले स्क्यान गरिन्छ । स्क्यान गर्नलाई एन्ड्रोइड र आईओएस दुवैमा क्युआर स्क्यानिङ गर्नलाई निःशुल्क एपहरु रहेका छन्।
धेरैजसो एपमा सहज रुपमा एप खोलेर एक क्लिक मै क्युआर कोड स्क्यान गर्न मिल्ने अप्सन हुने गर्छ ।
नेपालममा क्युआर कोड कतिको प्रयोगमा छ त ?
नेपालमा धेरैजसो ‘क’ वर्गको बैंकहरुले क्युआर कोडको प्रयोग सुरु गरिसकेका छन् । विकास बैंकदेखि यातायात, पसलहरुमा पनि क्युआर कोड प्रयोग हुन थालिसकेको छ । काठमाडौंमा बाहेक बाहिर पनि यसको प्रयोग बढ्दै गएको छ ।
जस्तो कि, ज्योति विकास बैंकले रुपन्देहीको अमुवा बजार वरपरदेखि बैंक अफ काठमाण्डूले पूर्वी नेपालका विभिन्न कम्पनीका बसहरूमा क्युआर कोडको सेवा दिइरहेको छ ।
उसले पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायातद्वारा सञ्चालित २२ वटा बसहरूमा भाडा संकलन गर्न क्यूआर कोडको प्रयोग सुरु गरेको थियो ।
सनराइज बैंकले पनि त्रिनगर कृषि हाट बजार धनगढी कैलाली, प्रभु बैंकले उपत्यकामा चल्ने सफा टेम्पो, प्रभु बैंक र आइडिया स्टुडियो नेपालको सहकार्यमा काठमाडौं उपत्यकामा महिला सवारी चालकहरुद्वारा सञ्चालन हुने सफा टेम्पोहरुमा उपलब्ध गराइएको हो ।
यि केही उदाहरण मात्र हुन् । मुलुकका डिजिटल भुक्तानीमा वृद्धि भइरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकअनुसार चैत महिनामा २ अर्ब ७२ करोड २० लाखको भुक्तानी भएको छ ।
यो यसअघिको महिनाको भन्दा ६६ करोड ७० लाख रुपैयाँले बढि हो हो । फागुन महिनामा २ अर्ब ५ करोड ५० लाख रुपैयाको कारोबार भएको थियो । यो महिना भुक्तानीको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ ।
चैत महिनामा ६ लाख ३५ हजार ७ सय ३८ वटा इलेक्ट्रोनिक ट्रान्जेकसन भएका छन् । त्यसअघिको महिनामा ५ लाख ३५ हजार ७ सय ९० इलेक्ट्रोनिक ट्रान्जेकसन भएको थियो । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा ५८ लाख ९० हजार रुपैयाँ भुक्तानी भएको थियो ।
नौ महिनामा मोबाइल वालेटबाट भएको भुक्तानी ११ अर्ब २ करोड १० लाख रुपैया रहेको छ । क्युआर कोडले नेपाललाई डिजिटल युगको तर्फ जानमा मद्दत पु¥याइरहेको छ । जसले गर्दा लेस क्यास समाज बनाउन सजिलो हुनेछ ।
यो महामारीको समयमा सामाजिक दूरी कायम गर्नुपर्दा त झन क्युआर कोड जस्तो डिजिटल भुक्तानीले एकदमै सहयोग पु¥याएको छ ।
क्युआर कोड बनाउने केहि वेबसाइटहरु
https://www.qr-code-generator.com/
https://www.the-qrcode-generator.com/
यति धेरै कुरामा उपयोगी क्युआर कोडले पनि हालको समयमा प्रयोगकर्ताहरुलाई समस्या पारिरहेको छ । क्युआर कोड प्रयोग गरेर ह्याकिङ गर्ने आक्रमणकारीको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।
क्युआर कोड भित्र लुकेको साइबर खतरा
क्युआर कोडले गर्दा फिशिङको समस्या हुन सक्छ । ह्याकरहरुले भित्तामा, कुनै कोठामा वा कम्प्यूटर स्क्रीनमा कोडहरु छाडिदिएर गएका हुन्छन् जसलाई स्क्यान गर्दा नराम्रो साइटहरुमा पुग्ने गरिन्छ ।
यो प्रक्रियालाई क्युआरएल ज्याकिङ पनि भनिन्छ । बस स्टप वा अरु भिडभाडको ठाउँहरुमा पनि ह्याकरहरुले स्टीकर टाँसेर फिशिङ गर्ने गर्दछन् ।
अर्को तरिका भनेको क्युशिङ हो । यसले प्रयोगकर्ताहरुलाई चर्चित वेबसाइटहरुको नक्कली भर्सनमा लगिदिने गर्दछ । त्यहाँ प्रयोगकर्ताहरुलाई आफ्नो लगइन आइडी हाल्न लगाएर ह्याकरहरुले त्यस्तो जानकारी चोरिदिने गर्दछन् । ह्याकरहरुले निःशुल्क वाईफाई नेटवर्क राखेर पनि क्युआर कोड स्क्यान गर्न लगाउने गर्दछन् ।
यसले गर्दा आक्रमणकारीले शान्त रुपमा बैकिङ र क्रेडिट कार्डको जानकारी चोर्न सक्छन् । सक्कली क्युआर कोडको कागजलाई हटाएर ह्याकरहरुले आफ्नो हानीकारक क्युआर कोड पनि राखिदिने गर्दछन् ।
स्क्यान गर्नुअघि ध्यान दिनुहोला
सार्वजनिक थलोमा क्युआर कोड स्क्यान गर्नुअघि क्युआर कोडको कम्पनी सक्कली जस्तो लाग्छ की लाग्दैन् भन्ने कुरामा ध्यान दिनुपर्ने हुन्छ । त्यस्तै तपाईले स्क्यान गरेको कोड तपाइले साचेकै यूआरएलमा देखाउने गर्छ की गर्दैन् भनेर पनि ध्यान दिनुपर्ने हुन्छ ।
आफ्नो डिभाइसमा आएको सेक्युरिटी अपडेटहरुलाई पनि समयमै इन्स्टल गरेमा ह्याकिङबाट बाँच्न सकिन्छ । नचिनेको लिकं आउँदा क्लिक गर्नुहुन्न भनेर सचेत रहेपनि बाहिर जहाँ पायो त्यहीँ क्युआर कोड स्क्यान गर्नुहुदैन् भन्ने चेतना धेरै प्रयोगकर्तामा आइसकेको छैन् ।
कर्पोरेट डिभाइसहरुलाई सुरक्षित गर्ने
व्यवसायी र आईटी प्रशासकीय सदस्यले आफ्नो साइट र एपलाई समय समयमा जाँच गरिरहनुपर्छ । यसले गर्दा आफ्नो क्युआर कोड ह्याक भएको हो की होइन भनेर थाहा हुने गर्दछ ।
सबै कर्पोरेट डिभाइसमा मल्टि फ्याक्टर अथेन्टिकेसन पनि हुनुपर्छ, जसले साइटलाई अझै सुरक्षित बनाउने गर्दछ । अहिले आएर क्युआर कोडमार्फत हुने ह्याकिङ एकदमै बढदै गएको पाइएको छ ।