कीवर्डहरू -

सन् २०२२ का साइबर सुरक्षा ट्रेन्ड

सन् २०२२ का साइबर सुरक्षा ट्रेन्ड

पछिल्लो समय साइबर सुरक्षा जटिल बन्दै गइरहेको छ । जति जति प्रविधि विकसित हुँदै छ, त्यति त्यति साइबर सुरक्षा पनि जटिल हुँदै छ ।

विभिन्न कम्पनीहरू ह्याक गरेर डेटा चोर्ने, पैसा चोर्ने र सेवा नै ठप्प बनाउने जस्ता क्रियाकलाप केहि समययता बढेका छन् ।

सन् २०२२ मा पनि साइबर अपराधका विभिन्न क्रियाकलाप हुनेछन् । साइबर सुरक्षामा चुनौती बढ्दै गएको सन्दर्भमा यो वर्ष सन् २०२२ मा कस्ता कस्ता साइबर सुरक्षा ट्रेन्ड देखिएलान ? आज हामी जानकारी दिदैछौं ।

र्‍यानसमवेयर आक्रमणमा वृद्धि

\"\"

सन् २०२१ मा हामीले धेरै र्‍यानसमवेयर आक्रमणहरु देखेका थियौँ । सन् २०२२ मा पनि र्‍यानसमवेयर आक्रमणको सख्यां बढदै जानेछ । र्‍यानसमवेयर आक्रमन गरेर ह्याकरले फिरौती रकम माग्न सक्नेछन् ।

एडभान्स्ड इन्टेलिजेन्स नामक थ्रेट इन्टेलिजेन्स फर्मका अन्वेषकले  सन् २०२२ मा कन्टी र्‍यानसमवेयर ग्रुप, ट्रिकबोट ग्याङ र इमोटेट अपरेट्ररले झनै बढि र्‍यानसमवेयर आक्रमणहरु सञ्चालन गर्ने बताएका छन् ।

विकेन्द्रीकृत वित्त माथि आक्रमण

\"\"

विकेन्द्रीकृत वित्त जसलाई अंग्रेजीमा डेफी भन्निछ । यो एक ब्लकचेनमा आधारित वित्त हो, जुन केन्द्रिय वित्तिय व्यवस्थामा आधारित हुँदैन् । विकेन्द्रीकृत वित्त सम्बन्धित ह्याकहरु सन् २०२२ मा एकदमै वृद्धि हुने अनुमान गरिएको छ । यसले लाखौँ डलरको घाटा गराउनेछ ।

साइबर जासुसीमा वृद्धि

\"\"

सरकारबाट सञ्चालित ह्याकरहरूले ह्याक गर्ने ट्रेन्डमा एकदमै वृद्धि भएको छ । सरकारबाट सञ्चालित ह्याकरले धेरैजसो सरकारी कार्यालय र महत्वपूर्ण पूर्वाधार माथि लक्षित गर्ने गर्छन् । त्यस्तै स्वास्थ्य, औषधीको क्षेत्र, शिक्षण क्षेत्र र ऊर्जा उद्यम समेत उनीहरूको लक्षितमा हुन्छन् ।

धेरैजसो आक्रमण इन्टेलेक्चुअल प्रोप्रर्टी (बौद्धिक सम्पति) को चोरीका लागि सञ्चालन गर्ने गरिन्छ । अमेरिका,यूरोप र मध्य एसीयालाई लक्षित गरेर रुस, चीन र इरान जस्ता देशहरुले ह्याक गर्न लगाउने अनुमान गर्न सकिन्छ ।

सप्लाइचेन आक्रमणको वृद्धि

सन् २०२२ मा सप्लाइचेन आक्रमणको एकदमै वृद्धि हुने देखिएको छ । यस्तो अक्रमणले धेरैजसो सफ्टवेयर सप्लाई चेनलाई लक्षित गर्ने गर्दछ । बगलाई दुरुपयोग गरेर पनि धेरै साइबर अपराधहरु हुनेछन् । सन् २०२१ सोलारविण्ड र कासेया जस्ता सप्लाइचेन आक्रमणको सफलतासँगै यस्तो किसिमको आक्रमण सन् २०२२ मा बढ्न सक्ने अनुमान गर्न सकिन्छ ।

‍गत वर्षको एउटा घटनालाई हामी अध्ययन गर्न सक्छौं । अमेरिकी कम्पनी कासेयामाथि र्‍यान्समवेयर आक्रमण गरेर ह्याकरले ७० मिलियन डलर माग गरेका थिए । यो आक्रमणमा १ मिलियन कम्प्यूटर संक्रमित भएका थिए ।

डिप फेकको चुनौती

\"\"

प्रविधिको विकाससँगै डिप फेक प्रविधि पनि अझै बढि विकसित हुँदै गइरहेको छ । यसले साइबर सुरक्षामा थप चुनौती थपेको छ । आगामी दिनमा यसले एकदमै ठूल्ठूला आक्रमणहरु निम्त्याउन सक्ने छ । ह्याकरहरुले कुनै पनि प्रतिष्ठित व्यक्तिको भिडियो वा अडियो नक्कल गरेर पैसा पठाउनका लागि भन्न सक्नेछन् ।

ह्याकरहरुको समेत डिप फेक प्रविधि प्रति झुकाव एकदमै बढदै गएको छ । यो अहिले एउटा विश्वव्यापी समस्याको रूपमा रहेको छ । त्यसकारण ‘डिप फेक’ पत्ता लगाउने प्रविधि फेसबुकले विकास गरेको छ । उक्त प्रविधिबाट ‘डिप फेक’ कहाँबाट आएको हो भन्ने पनि पत्ता लगाउन सकिन्छ ।

साइबर सुरक्षा सिपको अभाव

\"\"

साइबर सुरक्षा भनेको कम्प्युटर सिस्टम र नेटवर्कलाई क्षति या चोरी हुनबाट बचाउनु हो । यसले गर्दा डेटा र सफ्टवेयरको सुरक्षा गर्न सकिन्छ । तर नाटकिय रूपमा साइबर सुरक्षा सिपको अभाव तिब्र हुने र केही वर्षमा साइबर सुरक्षा स्थिति खराब हुने बताइएको छ ।

भविष्यमा साइबर सुरक्षा प्रोफेसनलको माग बढ्दै जानेछ । पछिल्लो समय साइबर सुरक्षा महत्वपूर्ण र चुनौतीपूर्ण रहेको कम्पनीहरुले बुझ्दै गएका छन् । यसप्रति सचेत हुँदै गएकाले साइबर सुरक्षामा लगानी पनि बढन थालेको छ । विस्तारै डिभाइस, सफ्टवेयर तथा नेटवर्क पनि गुणस्तरीय प्रयोग हुन थाल्ने छ । कम्पनीहरुले आफ्ना कर्मचारीलाई तालिमको पनि व्यवस्था गर्नेछन् ।

इन्टरनेट अफ थिङ्ग्स

\"\"

इन्टरनेट अफ थिंस (आईओटी)ले मार्केटिङ सुधार गर्न, बिक्री बढाउन तथा लागत घटाउन आवश्यक डाटा प्रदान गरेर व्यवसायलाई अगाडि बढाउन मद्द्त पुर्‍याउँछ । इन्टरनेट सँग जोडिएका सबै डिभाइसहरुलाई आईओटी भनिन्छ । सन् २०२२ मा साइबर अपराधीहरुले आईओटीलाई एकदमै लक्षित गर्ने देखिन्छ । आइओटीलाई लक्षित गर्न ह्याकरहरुले अझै एडभान्सड मालवेयरको निर्माण गर्नेछन् ।

स्याटेलाइट ह्याक

\"\"

पछिल्लो समय अन्तरिक्षमा स्याटेलाइट पठाउने होडबाजी चलेको छ । संरकारी संस्थादेखि ठूला ठूला कम्पनीसम्म अन्तरिक्ष मिसनमा लागेका छन् ।

यस्तो अवस्थामा ह्याकरहरु पनि त्यतै तिर आकर्षित हुन थालेका छन् । साथै ह्याकरहरूले आफुलाई स्याटेलाइटमा मात्रै केन्द्रित नगरेर अन्तरिक्ष सम्बन्धि इन्टेलेक्चुअल प्रपर्टी चोरी गर्न प्रयास गर्नेछन् ।