कीवर्डहरू -

बुटवलमा डिशहोम फाईबरनेटको सोरुम सुचारु

बुटवलमा डिशहोम फाईबरनेटको सोरुम सुचारु

डिशहोम फाइबरनेटले बुटवलको ट्राफिकचोकमा सहवितरण शोरुम सञ्चालनमा ल्याएको छ । नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्सले सञ्चालन गर्नेगरी मिति २०७९ बैशाख २६  गते सोमबारदेखि उक्त शोरुम सञ्चालनमा आएको हो ।

डिशहोमका एरिया सेल्स म्यानेजर प्रदिप सुबेदी र सेल्स अफिसर बिनोद सुबेदी नेपाल डिटिएच लिंकका प्रोपाइटर राजकुमार सेन को उपस्थितिमा एरिया सेल्स म्यानेजर प्रदिप सुबेदी ले रिवन काटेर शोरुम को समुदघाटन गरेका थिए ।

कार्यक्रममा वोल्दै सेल्स म्यानेजर सुबेदीले ६ महिनाको छोटो अबधिमा नै यस क्षेत्रमा डिशहोमको फाइबर नेट प्रयोगकर्ता ८ हजार भन्दा बढि सन्तुष्ट ग्राहक रहेको र डिश होम फाइबर नेट प्रति ग्राहकको बढ्दो आकर्षण रहेको बताएका थिए  ।

नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्स ले हालसम्म धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको छ ।

अब अझ बढी ग्राहकमाझ पुग्न नयाँ शोरुमले मद्दत गर्ने नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्सका सञ्चालक बिबेक गुप्ताले बताए ।