कीवर्डहरू -

एफआइ स्मार्ट कनेक्ट फिचरसहित यामाहाको रेजेडआर १२५ बजारमा

एफआइ स्मार्ट कनेक्ट फिचरसहित यामाहाको रेजेडआर १२५ बजारमा

यामाहाको सर्वाधिक लोकप्रिय स्कुटर रेजेडआर १२५ स्ट्रीट र्याली भर्सन स्मार्ट ‘एक्स कनेक्ट’ फिचरसहित नेपाली बजार प्रवेश गरेको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डपस्थित कम्पनीद्वारा वैशाख १५-२१ सम्म आयोजित “महा एक्सचेञ्ज मेला” को अवसर पारी स्कुटर सार्वजनिक गरेको हो ।

यामाहाको रेजेडआर १२५ एफआई विशेषगरी फ्यूल इफिसिएंसीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर भए पनि रेजेड आर-१२५ अव स्मार्ट स्कुटरको रुपमा आएको कम्पनीले जनाएको छ । ‘फ्युल इन्जेक्सन’ (एफआई) प्रविधिको प्रवर्तक यामाहाले गत वर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रेजेड आर १२५ एफआई पहिलो पटक सार्वजनिक गरेको थियो । कम्पनीका अनुसार रेजेड आर सामान्यतः प्रति लिटर  ५८ किलोमिटर माइलेज प्रदान गर्ने र न्यून इन्धनमा उच्चतम माइलेज प्रदान गरी अन्य स्कुटरको तुलनामा ३ वर्षको अवधिमा ९३,००० सम्म चालकलाई बचत गर्न मद्दत पुर्याउने कम्पनीले जनाएको छ । स्कुटरको उच्चतम फ्यूल इफिसिएंसी लिखितमा मात्र दाबी नगरी  कम्पनीले नियमित रूपमा र्याली आयोजना गर्ने गरेको बताएको छ ।

स्मार्ट “कनेक्ट-एक्स” फिचर सुरु गर्न एन्ड्रोइड फोन प्रयोग गर्ने चालकले “गुगल प्ले स्टोर” र “एप्पल” को फोन प्रयोग गर्ने चालकले “एप्पल”को “एप स्टोर” मार्फत यामाहाको “कनेक्ट-एक्स” एप डाउण्लोड गरी उक्त एपमार्फत आफ्नो मोबाइलफोन स्कुटरमा कनेक्ट गर्न सकिने जनाइएको छ  ।

“काठमाडौं रेजियर्स” फुटबल क्लबको टाइटल स्पन्सर समेत रहेको उक्त स्कुटर “कनेक्ट -एक्स” फिचरपश्चात पनि पहिलेकै मूल्यमा उपलब्ध रहेको यामाहा नेपालका सिईओ राजु क्षेत्रीले बताए ।