कीवर्डहरू -

यूएसबी सी डुअल पोर्टको परिक्षण गर्दै एप्पल 

यूएसबी सी डुअल पोर्टको परिक्षण गर्दै एप्पल 

एप्पलले आफ्नो पहिलो डुअल पोर्ट यूएसबी सी पावर एडाप्टर भएको आइफोनको परिक्षण गर्दै छ । कम्पनीले ३५ वाटको डुअल यूएसबी सी पोर्ट पावर एडाप्टर बनाउने योजना बनाईरहेको छ । यो एडाप्टरले एकदमै फास्ट चार्जिङ्ग गर्नेछ ।

यसमा जिएएन प्रयोग हुनेछ । यो म्याकभन्दा मोबाइलका लागि उपयुक्त हुने देखिएको छ । यसले यूएसबी पावर डेलिभरी फास्ट चार्जिङ स्टयाण्डर्डलाई प्रयोग गर्नेछ ।

एप्पलले आइफोनको चार्जिङ्ग पोर्टनै परिवर्तनगर्न खोजेको हो । यूरोपियन यूनियनले हालैमा सबै फोनसेटमा यूएसबीसी चार्जर हुनुपर्ने कानून पनि बनाएको थियो जसकारणले पनि एप्पलले आइफोनमा पनि यूएसबी सी पावर पोर्ट  राख्न लागेको बुझ्न सकिन्छ ।