कीवर्डहरू -

सुरक्षित रुपमा सार्वजनिक वाइ–फाइ कसरी प्रयोग गर्ने ?

सुरक्षित रुपमा सार्वजनिक वाइ–फाइ कसरी प्रयोग गर्ने ?

नविन प्रविधिले हाम्रो दैनिक जीवनमा आधुनिक र सहज बानएको छ तर सँगसँगै थ्रेट पनि बढीरहेका छन् । स्मार्टफोन, ट्याब्लेट, तथा एड्भान्स्ट कम्प्युटरहरुको प्रयोग अहिले अपरिहार्य बनिसकेको छ ।

यस्ता डिभाइसहरु इन्टरनेट अधिकमात्रामा जोडिएका हुन्छन् । त्यसैले हाम मानिसको ठूलो समूह भर्चुअल दुनियाँमा आफ्नो धेरै र महत्वपूर्ण समय व्यथित गरिरहेको छ । भर्चुअल दुनियाँमा पनि असल र खराब दुबै प्रकृतिका मानिसको उपस्थिति छ ।

इन्टरनेटमा ह्याकर अहिले ठूलो चुनौतिको रुपमा रहेका छन् । यसले गर्दा हामी भर्चुअल दुनियाँमा रहदा रेक्युरिटी अपनाउनु पर्ने हुन्छ । यहाँ हामी पब्लिक वाइफाइ नेटवर्क चलाउदा कसरी सुरक्षित रहन सक्छौँ भन्ने बारे चर्चा गर्दछौँ ।

\"\" १ सधैँ डिभाइसमा ध्यान दिऔँ
आफूले पब्लिक नेटवर्कमा सुरक्षित रहने पहिलो कदम आफूले प्रयोग गर्ने डिभाइको सेटिङ हो । त्यसैले गर्दा तपाईको डिभाइस ‘automatically connect to Wi-Fi’ अप्सनमा कनेक्ट नभएको हुनुपर्दछ ।

जहाँ सुनुसुकै बेला भेटिएका जुनसुकै वाइ–फाइनमा आफ्नो डिभाइस कनेक्ट हुन नदिन यो अप्सनलाई टर्न अफ गर्नु पर्दछ । नत्र तपाईको डिभाइस तथा प्राइभेसीमा सुरक्षा खतारा आउन सक्दछ ।

२. प्रयोग गर्नुस् र विर्सिदिनुस्
माथि १ नम्बरमा उल्लेख गरिएको कुरालाई मध्यनजरमा राख्दै उपलब्ध वाइ–फाइलाई म्यानुअल्ली कनेक्ट गर्नुहोस् ।

म्यानुअल्ली कनेक्ट गरेर प्रयोग गरिएको वाइ–फाइ नेटवर्कलाई प्रयोगपछि फर्गेट गर्न सकिन्छ । यसले गर्दा सो नेटवर्कमा तपाईको डिभाइस भविष्यमा स्वतः कनेक्ट हुदैन ।

३. होसियारी अपनाउने
इन्टरनेटको दुनियाँमा छिरिसकेपछि होसियार हुनु आवश्यक छ । तपाईले प्रयोग गर्ने नेटवर्क तथा वेबसाइटलाई दोहोर्याएर जाँच गर्नुहोस् किन कि सबै पब्लिक वाइ–फाइ नेटवर्क विस्वशनिय हुन्छन् नै भन्ने छैन ।

त्यसैले गर्दा कनेक्ट हुने हरेक पब्लिक स्पेसलाई विश्वास गरि नहाल्नुहोस् । त्यसको पछाडि कुनै साइबर अपाराधिको पनि हात हुन सक्छ । यसले गर्दा सावधानी अपनाउनु आवश्यक हुन्छ ।

४. एन्टिभाइरस प्रडक्ट प्रयोग गर्नुस्
तपाईले प्रयोग गर्ने हरेक डिभाइसलाई ह्याकरहरुबाट जोगाउनका लागि बलियो एन्टिभाइरस सोलुशन प्रयोग गर्नु पर्दछ । यसले गर्दा ह्याकिङ, माल्वेर अट्याक र अन्य भाइरसहरुबाट डिभाइसलाई सुरक्षित राख्न सकिन्छ ।

एन्टिभाइरस प्रडक्टलाई एन्सिटल गरेर मात्र यसै नछोड्नुस् । नयाँ नयाँ थ्रेटसँग जुध्नको लागि एन्टिभाइरसलाई समय–समयमा अप्डेट गरिरहनुहोस् ।

५. आवश्यक खोजिनिति गर्नूहोस्
उपलब्ध भएको पब्लिक नेटवर्कलाई जाँच गर्न नहिच्किचाउनुहोस् । होटल, रेस्टुरेन्ट वा कुनै क्षेत्र जसले पब्लिक वाइ–फाइ  उपलब्ध गराए पनि आफ्नो डिभाइसमा कनेक्ट गर्नुअघि सो वाइ–फाइको अथेन्टिकेशन र आइपि एड्रेसको विवरणबारे जानकारी लिनुहोस् ।

यसरी आइपर्न सक्ने धेरै समस्याहरुबाट तपाई जोगिन सक्नुहुन्छ ।

६. पासवर्ड आवश्यक पर्ने साइट नचलाउनुस्
पब्लिक वाइ–फाइ नेटवर्क प्रयोग गर्दा तपाईको संवेदनशिल सूचना टाइप नगर्नुस् । साथै तपाईको पासवर्ड राखेर लग इन गर्नु पर्ने वेबसाइटहरु नचलाउनुहोस् ।

सोसल मिडिया साइटहरु, व्यक्तिगत मेल आइडी, बैंक अकाउन्ट एप तथा वेबसाइट विल्कुलै नचलाउनुहोस् ।

७. भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन)
तपाईलाई वाइ–फाई नेटवर्क प्रयोग गर्नुपर्ने अति आवश्यकताा छ भने भिपिएन (ख्एल्) बाट गर्नुहोस् । भिपिएनमार्फत गरिएको इन्टरनेट कनेक्टिभिटीमा इन्क्रिप्टेड मेसेजहरु प्राप्त हुन्छ जसले गर्दा ह्याकरलाई ह्याक गर्न गाह्रो हुन्छ र आइपि अड्रेसलाई पनि जोगाएर तपायका डिभाइसको सुरक्षा गर्दछ । यसरी तपाई फिशिङको खतराबाट पनि जोगाउँदछ ।

\"\" ८. एचटिटिपिएस ( HTTPS ) मा हेर्नुहोस्
सबै सेक्युरिटीका विधिहरु अपनाइसकेर पब्लिक वाइ–फाइ नेटवर्कमा कनेक्ट भइसकेपछि तपाईले भिजिट गर्ने वेवसाइट सुरक्षित छन् छैनन् सोबारे निश्चित हुनु आवश्यक छ ।

वेबसाइट सर्फ गरिरहदा एचटिटिपिएसबाट सुरुहुने युआरएल  अथात् एड्रेस बारमा हरियो बक्स भए नभएको निक्र्योल गर्नुहोस् । हरियो बक्सले उक्त साइट सुरक्षित र भ्यालिड डिजिटल सर्टिफिकेट तथा एसएसएल÷टिएलएस इन्क्रिप्शन अप्टेडेट हो भन्ने थाहा हुन्छ ।

९. टु–फ्याक्टर अथेन्टिकेशन अपनाउनुहोस्
भेरिफिकेशन अर्थात् अथेन्टिफिकेशन प्रोसेसलाई दुई गुणा मजबुद बनाउनको लागि टु–फ्याक्टर अथेन्टिफिकेशन (2FA) को प्रयोग गर्न सकिन्छ । हट्स्टपट प्रयोग गर्न 2FA सक्रिय गरेको खण्डमा सबइबर अपराधसम्बन्धि आक्रमणबाट बच्न थप एउटा सुरक्षाको तह थपिन्छ ।

१०. प्रयोगपछि साइट लग आउट गर्नुहोस्
पब्लिक वायरलेस कनेक्सनबाट डिस्कनेक्ट गर्नुअघि सपाइले लग इन गरेका सम्पूर्ण साइट लग आउनट गर्नुहोस् । लग आउट नगर्दा कुनै ह्याकरको हानीकारक अट्याचमेन्ट पनि आएको हुन सक्दछ । त्यसैले गर्दा तपाई जति नै थोरै समय वाइ–फाइ नेटवर्कमा बसेको भए पनि लग वाउट गर्नु बुद्धिमानि हुन्छ ।