कीवर्डहरू -

सेल पे मार्फत बैंक खाता लिंक गर्दा १०१ रुपैयाँको वालेट ब्यालेन्स प्राप्त गर्न सकिने

सेल पे मार्फत बैंक खाता लिंक गर्दा  १०१ रुपैयाँको वालेट ब्यालेन्स प्राप्त गर्न सकिने

नेपाल राष्ट्र बैंक बाट लाइसेन्स प्राप्त भुक्तानी सेवा प्रदायक सेल पेले आकर्षक अफर ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरू माझ सेल पे मार्फत बैंक खाता लिंक गरे बापत तत्काल १०१ रुपैयाँको वालेट ब्यालेन्स प्रदान गर्ने योजना ल्याएको हो ।

यसका साथै कम्पनीले हरेक हप्ता एक जना ग्राहकलाई लक्की ड्र मार्फत ५ हजार रुपैयाँ बराबरको सेल पे कार्ड भौचर समेत प्रदान गर्ने जनाएको छ । यद्यपि, यो योजना मे १५, २०२२ देखि अगस्ट १६, २०२२ सम्म मात्र जारी रहने कम्पनीले जनाएको छ ।