कीवर्डहरू -

कसले कहाँ कहाँ जिते ? मोबाइलमै यसरी हेर्नुहोस् स्थानीय तह निर्वाचनको परिणाम

कसले कहाँ कहाँ जिते ? मोबाइलमै यसरी हेर्नुहोस् स्थानीय तह निर्वाचनको परिणाम

गएको वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । देशका अधिकांश स्थानीय तहमा निर्वाचन सम्पन्न भएपनि केही ठाउँमा रोकिएको निर्वाचन हुँदै छ ।

निर्वाचन सम्पन्न भइसकेको स्थानीय तहको मतगणना जारी छ । केही स्थानीय तहको मतगणना सकिएर पनि नतिजा सार्वजनिक भइसकेको छ ।

यस्तोमा स्थानीय तह सदस्य निर्वाचन २०७९ को आधिकारिक नतिजा निर्वाचन आयोगले अनलाइनबाटै प्रदान गरिरहेको छ । नतिजा हेर्नका लागि आयोगले वेबसाइट र मोबाइल एपको व्यवस्था गरेको छ ।

वेबसाइटबाट कसरी हेर्ने नतिजा ?

वेबसाइटबाट स्थानीय तह निर्वाचनको नतिजा हेर्न सुरूमा यहाँ क्लिक गर्नुहोस् । त्यसपछि माथि दायाँतिर स्थानीय तहगत र प्रदेशगत भन्ने अप्सन देखिने छ ।

आफुलाई आवश्यकता अनुसार उक्त अप्सनमा थिच्नुहोस् र त्यहाँ आफ्नो प्रदेश, जिल्ला र स्थानीय तह छनोट गरेर नतिजा हेर्नुहोस् । साथै त्यहाँ दिइएको नक्शाबाट पनि आवश्यकता अनुसार नतिजा हेर्न सकिने छ ।

मोबाइल एपबाट कसरी हेर्ने नतिजा ?

यसैगरी निर्वाचन आयोगले मोबाइल एपबाट नतिजा हेर्न सकिने व्यवस्था मिलाएको छ । त्यसका लागि सुरूमा निर्वाचन आयोग नेपालको मोबाइल एप डाउनलोड गर्नुपर्ने हुन्छ ।

उक्त एप अहिले एन्ड्रोइडमा मात्रै उपलब्ध रहेको छ । एन्ड्रोइडका लागि एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

एप डाउनलोड गरेपछि उक्त एपलाई खोल्नुहोस् र निर्वाचन नतिजामा क्लिक गर्नुहोस् । निर्वाचन नतिजामा क्लिक गरेपछि अन्त्यमा स्थानीय तह निर्वाचन लेखिएको अप्सन देखिने छ त्यसमा क्लिक गर्नुहोस् ।

त्यसपछि विस्तृत निर्वाचन नतिजामा क्लिक गरी आफ्नो प्रदेश, जिल्ला, स्थानीय तह र पद छनोट गरेर नतिजा हेर्न सकिने छ ।

आयोगले एपमा निर्वाचन नतिजा सारांशको अप्सन पनि राखेको छ तर उक्त अप्सनमा क्लिक गर्दा अहिले कुनै पनि डेटा उपलब्ध छैन् ।