कीवर्डहरू -

आज विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदै

आज विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदै

आज विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदै छ । इन्टरनेट तथा सूचना र सञ्चार प्रविधिले देश, समाज र अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भनेर जनचेतना फैलाउन हरेक वर्ष मे १७ मा विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइने गरिन्छ ।

यस दिवसले डिजिटल डिभाइड कम गर्न जनचेतना फैलाउने उद्देश्य राखेको छ । आजकै दिन अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनको वार्षिकोत्सव पनि हो । यसै अवसरमा युनियनले विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाउँदै आएको छ ।

यो दिवस पहिलो पटक सन् १९६९ बाट सुरु गरिएको थियो । त्यतिखेर विश्व दूरसञ्चार दिवस भनेर मनाइने गरिन्थ्यो । तर सन् २००५ मा आएर सूचना समाजबारे आयोजना गरिएको विश्व शिखर सम्मेलनले संयुक्त राष्ट्र महासभाले मे १७ लाई विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको रुपमा मनाउन अनुरोध गर्‍यो र त्यसपछि मे १७ लाई हरेक वर्ष विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको रुपमा मनाउन थालिएको हो ।
यो वर्षको विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको नारा ‘डिजिटल टेक्नोलोजी फर वल्डर पर्सन एण्ड हेल्दी एजिङ’ रहेको छ । यस नाराले जेष्ठ नागरिकहरुलाई दूरसञ्चार तथा सूचना सञ्चार प्रविधि प्रयोग गरेर स्वस्थ, आत्मनिर्भर र कनेक्टेड जीवन बाँच्नका लागि प्रोत्साहन गर्ने गर्दछ ।

वृद्ध उमेरमा सबै कुरा गाह्रो भईरहेको समयमा दूरसञ्चार तथा आइसिटी प्रविधिले केही न केही जीवन सहज पार्नमा मद्दत गर्ने यस दिवसको विश्वास रहेको छ ।