कीवर्डहरू -

होण्डाको पहिलो विद्युतीय गाडी सार्वजनिक

होण्डाको पहिलो विद्युतीय गाडी सार्वजनिक

होण्डाले पहिलो विद्युतीय गाडी सार्वजनिक गरेको छ । कम्पनीले टोयोटाले जति विद्युतीय गाडीमा काम गर्न नसकेता पनि अहिले आएर विद्यतीय गाडी सार्वजनिक गर्नमा काम गरिरहेको छ ।

होण्डाले प्रोलग नामको विद्युतीय गाडी सार्वजनिक गरेको हो । द प्रोलगको डिजाइन लस एन्जेलेस र जापानमा रहेको स्टुटीयोको संयुक्त सहकार्यमा निर्माण गरिएको हो ।

यो गाडी जिएमसँग पनि सहकार्य गरेर बनाइएको हो । होण्डाले सन् २०३० सम्ममा अरु ३० ओटा विद्युतीय गाडी पनि सार्वजनिक गर्ने भएको छ र कम्पनीले २० लाख यूनिट विक्रि हुने आशा गरेको छ ।