कीवर्डहरू -

आजदेखि अनलाइनबाटै व्यक्तिगत श्रम स्वीकृति

आजदेखि अनलाइनबाटै व्यक्तिगत श्रम स्वीकृति

वैदेशिक रोजगार कार्यालय काठमाडौँले शुक्रबारदेखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्न सुरू गरेको छ ।

वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा अनलाइनबाट प्रवाह गर्ने उद्देश्य अनुसार व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट दिन सुरू गरिएको हो ।

कार्यालयले २०७८ माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र २०७९ वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट प्रदान गर्न थालेको थियो ।

अब व्यक्तिगत श्रम स्वीकृति अनलाइनबाटै दिन थालिएको हो । कार्यालयले अब पूर्णरूपमा अनलाइन प्रणालीबाट मात्र सेवा प्रवाह गर्ने जनाएको छ ।