कीवर्डहरू -

स्मार्ट क्यूआर र फर्स्ट पे क्यूआर बीच अन्तर आबद्धताको लागि सम्झौता

स्मार्ट क्यूआर र फर्स्ट पे क्यूआर बीच अन्तर आबद्धताको लागि सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र फर्स्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र फर्स्ट पे क्यूआर बीच अन्तर आबद्धताको लागि सम्झौता सम्पन्न भएको छ ।

हालै स्मार्टच्वाईस टेक्नोलोजिजको गैरीधारास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकावीच स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र फर्स्ट पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ रिजालले सो सेवा सञ्चालन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल राष्ट्र बैंकद्वारा माघमा जारी गरेको परिपत्रका आधारमा सबै अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकलाई अन्तर आवद्धताको लागि दिएको निर्देशन अनुरुप यो सम्झौता सम्पन्न भएको जनाइएको छ ।