कीवर्डहरू -

कावासोती र रत्ननगरमा पनि उपलब्ध भयो सीजी नेट

कावासोती र रत्ननगरमा पनि उपलब्ध भयो सीजी नेट

नवलपरासीको कावासोती र चितवनको रत्ननगरमा पनि सीजी नेट उपलब्ध भएको छ । सीजी नेटले कावासोती र रत्ननगरमा आफ्नो सेवा विस्तार गरेको हो ।

सीजी नेटले केही समय अगाडि हेटौँडा, नवलपुर, बुटवल र भैरहवाबाट सेवा सुरू गर्दै काठमाडौं उपत्यका बाहिर सेवा दिन थालेको थियो ।

सीजी नेटले मासिक ९९९ रूपैयाँमा १२० एमबीपीएस स्पीडको इन्टरनेटसहित सेवा दिन सुरू गरेको थियो । त्यसपछि नेपाली इन्टरनेट बजारमा इन्टरनेट सेवा प्रदायकहरूबीच ‘स्पीड वार’ चलेको छ ।

सीजी नेटले सस्तो मूल्यमा इन्टरनेट प्याकेज ल्याएपछि त्यसलाई अन्य सेवाप्रदायकले पनि पछ्याउँदै गएका छन् ।सीजी नेटले हाल ९९९ रूपैयाँमा १२० एमबीपीएस र ६४९ रूपैयाँमा ५० एमबीपीएस गतीको इन्टरनेट प्रदान गर्दै आएको छ ।

सीजी नेटले ३० दिनसम्मको ट्रायल सुविधा पनि ल्याएको छ । सीजी नेट ३० दिनसम्म निःशुल्क प्रयोग गरेर आफुलाई सेवा मन परेमा मात्रै खरिद गर्न सकिने छ ।