कीवर्डहरू -

अमेरिकामा पहिलो ईभी कारखाना खोल्दै हुन्डाई , हरेक वर्ष ३ लाख गाडी उत्पादन गर्ने योजना

अमेरिकामा पहिलो ईभी कारखाना खोल्दै हुन्डाई , हरेक वर्ष ३ लाख गाडी उत्पादन गर्ने योजना

हुन्डाईले आफ्नो पहिलो विद्युतीय गाडीको कारखाना अमेरिकाको जोर्जियामा खोल्ने भएको छ । कम्पनीले सभाना नजिकैको २,९२३ एकर जमिनमा आफ्नो प्लान्ट स्थापना गर्ने भएको हो ।

यस कारखानामा कार र ब्याट्री निर्माण गरिने छ । कारखानाको निर्माण सन् २०२३ देखि सुरु हुनेछ भने कार र ब्याट्रीको निर्माण सन् २०२५ देखि हुनेछ ।

कम्पनीले सो प्लान्टमा हरेक वर्ष ३ लाख विद्युतीय गाडीको निर्माण गर्ने योजना राखेको छ । कम्पनीले अमेरिकामा विद्युतीय गाडीको माग एकदमै धेरै हुने बुझेर त्यहाँ कारखाना खोल्ने भएको हो । त्यहाँबाट विभिन्न ठाउँमा वितरण पनि सहज हुने कम्पनीको आशा छ ।