कीवर्डहरू -

क्यामेराको गुणस्तर बढाउन लेइकासँग साओमीको सहकार्य

क्यामेराको गुणस्तर बढाउन लेइकासँग साओमीको सहकार्य

साओमी र लेइकाबीच सहकार्य हुने भएको छ । क्यामेराको गुणस्तर बढाउन लेइकासँग साओमीले सहकार्य गर्ने भएको हो ।

जुलाईमा नयाँ फोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले पहिले देखिनै लेइकासँग सहकार्य गरेर काम गर्न खोजीरहेको थियो ।

अब जुलाई २०२२ को फ्ल्यागशीप लञ्चमा दुई कम्पनीको संयुक्त सहयोगमा स्मार्टफोन सार्वजनिक गरेको हो । स्मार्टफोनमा स्नापड्रागन एट प्लस जेन वान प्रोसेसर प्रयोग गरिएको छ ।

भिभोले पनि सन् २०२० मा आफ्नो क्यामेरा क्वालिटी बढाउनका निम्ति जेइससँग सहकार्य गरेको थियो ।

हालैमा ओप्पो र वानप्लसले ह्यासलब्ल्याड भन्ने क्यामेरा निर्माता कम्पनीसँग सहकार्य गरेर आफ्नो क्यामेराको गुणस्तरीयता बढाएको थियो । यो ट्रेन्ड हालमा धेरै स्मार्टफोन कम्पनीहरुले फलो गर्न थालेका छन् ।