कीवर्डहरू -

लाइसेन्स पाएर पनि सेवा सुरू नगर्ने आईएसपी मिथिला डिजिटल नेपाललाई सम्पर्कमा आउन निर्देशन

लाइसेन्स पाएर पनि सेवा सुरू नगर्ने आईएसपी मिथिला डिजिटल नेपाललाई सम्पर्कमा आउन निर्देशन

इन्टरनेट सेवा प्रदायक कम्पनी मिथिला डिजिटल नेपाल प्रालिलाई नेपाल दूरसञ्चार प्राधिकरणले सम्पर्कमा आउन ताकेता गरेको छ । मंगलबार एक सूचना जारी गर्दै प्राधिकरणले ३५ दिनभित्र प्राधिकरणमा सम्पर्क गर्न निर्देशन दिएको हो ।

२०७६ साल वैशाख १६ गते प्राधिकरणबाट इन्टरनेट सेवा प्रदायकको रूपमा अनुमति पाएको मिथिला डिजिटल नेपालले अनुमति पाएको ९० दिन भित्र सेवा सञ्चालनमा नगरेको पाइएपछि गत भदौं ५ प्राधिकरणले स्पष्टिकरण सोधेको थियो ।

उक्त स्पष्टिकरणको कुनै जवाफ नआएपछि प्राधिकरणले पुनः २०७८ मंसिर २६ गते इमेल गरेको थियो । तर सो इमलेको पनि कुनै जवाफ नआएपछि गत पुस २ गत पुनः स्पष्टिकरण पेश गर्न प्राधिकरणले पत्राचार गरेको थियो ।

यसरी प्राधिकरणले पटक पटक ताकेता गर्दा पनि मिथिला डिजिटल नेपालले अहिलेसम्म कुनै स्पष्टिकरण पेश नगरेको र सम्पर्क बिहीन रहेको प्राधिकरणले जानकारी दिएको छ ।

३५ दिनभित्र प्राधिकरणमा पूर्व माग गरिएको स्पष्टिकरणको विषयमा प्रमाणसहित प्राधिकरणले अनुगमन शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ । यदी सम्पर्कमा नआए कानुन बमोजिम कारवाही अगाडि बढाउने प्राधिकरणले भनाइ छ ।