कीवर्डहरू -

१० महिनामा ३६ अर्ब बढीको मोबाइल आयात

१० महिनामा ३६ अर्ब बढीको मोबाइल आयात

१० महिनामा ३६ अर्ब ९४ करोड १५ लाख २९ हजार बराबरको मोबाइल सेट आयात भएका छन् । भन्सार विभागको तथ्यांक अनुसार १० महिनामा ३० अर्ब ९४ करोड १५ लाख २९ हजारका मोबाइल सेट आयात भएका हुन् ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा ३० अर्ब ९४ करोड १५ लाख २९ हजार बराबरका ५३ लाख ६५ हजार ११५ वटा मोबाइल सेट नेपाल भित्रिएका छन् ।

गत आर्थिक वर्षको तुलनामा यो वर्ष मोबाइल आयात घटेको छ । गत आर्थिक वर्षको १० महिनामा ६३ लाख ५५ हजार २३४ मोबाइल सेट आयात भएकोमा यो वर्ष ५३ लाख ६५ हजार ११५ वटा मोबाइल सेट नेपाल आयात भएका छन् ।

दशमहिनाको अवधिमा मोबाइल आयातबाट सरकारलाई ५ अर्ब ८३ करोड ८१ लाख ५१ हजार राजस्व सरकारलाई प्राप्त भएको छ ।

गएको वैशाखमा सरकारले ६०० डलर माथिका मोबाइल सेट खरिदमा प्रतिबन्ध लगाएको थियो । त्यसकारण पनि गत आवको तुलनामा चालु आवको १० महिनामा मोबाइल आयातमा कमी आएको हो ।