कीवर्डहरू -

९९९ रुपैयाँमै भायानेटको २०० एमबीपीएस गतिको इन्टरनेट

९९९ रुपैयाँमै भायानेटको २०० एमबीपीएस गतिको इन्टरनेट

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन प्रालिले आफ्नो ‘अल्ट्रा–फाई लाईन’ प्रोडक्टमा परिमार्जन गरेको छ ।ग्राहकको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै उच्च गति र उच्चगुणस्तरको इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यका साथ अल्ट्रा–फाई लाइनअपमा परिमार्जन गरेको हो ।

अल्ट्रा–फाई लाइनअप अन्तर्गतका प्याकेजमा ग्राहकले एकै पटक वार्षिक ग्राहक बन्नुपर्ने हुन्छ । अब भायोनटका ग्राहकले अब ९ सय ९९ रुपैयाँमा २०० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न पाउने छन् ।

त्यस्तै भाया टिभीसहितको यो प्याकेज मासिक ११ सय रुपैयाँ उपलब्ध हुने छ । साथै ग्राहकले ५ सय रुपैयाँ थपगरी डुअल ब्याण्ड राउटरका साथै निःशुल्क जडान र पहिलो सेट टप बक्स त्यसैमा प्राप्त गर्नेछन् ।

यो प्याकेज मार्फत भायानेटले बिना टिभी उच्च गुणस्तरको इन्टरनेट खोज्ने र आफ्नो इन्टरनेटको साथमा आईपी टिभी सेवा चाहने दुबै वर्गका ग्राहकको आवश्यकता पुरा गर्ने योजना अघि राखेको छ ।

त्यस्तै अझ बढी स्पीड र थप टिभी लिन चाहने ग्राहकका लागि भने कम्पनीले दुई ओटा भायाटिभी सहित २५० एमबीपीएस र तिन ओटा भायाटिभी सहित ३०० एमबीपीएस गतिको इन्टरनेट तथा टिभी प्याकेज वार्षिक ग्राहक बन्दा  क्रमशः १२ सय ५० रुपैयाँ प्रति महिना र १५ सय रुपैयाँ प्रति महिनाका दरले पाउन सक्ने छन् ।