कीवर्डहरू -

विन्डोज ११ मा अब तेस्रो पार्टी विजेट उपलब्ध हुने

विन्डोज ११ मा अब तेस्रो पार्टी विजेट उपलब्ध हुने

सन् २०२२ को अन्त्यसम्ममा विन्डोज ११ मा तेस्रो पार्टी विजेट उपलब्ध हुने भएको छ । डेभलपरहरुले माइक्रोसफ्टको एडप्टिभ कार्ड प्लेटफर्म प्रयोग गरेर विन ३२ एप र प्रोग्रेसिभ वेब एपहरुका लागि विजेट बनाउन सक्ने भएका छन् ।

विन्डोजका प्रयोगकर्ताहरु विजेटको फिचर एकदमै मनपराउने हुँदा पनि कम्पनीले यो फिचर सार्वजनिक गरेको बताएको छ ।

सबैजनाको व्यस्त जीवनमा कुनै पनि कुराको सर्टकट पाएपछि पक्कै पनि प्रयोगकर्ताले त्यसलाई बढी रुचाउने गर्दछन् । विजेटको फिचर पहिले विन्डोज ७ मा रहेको थियो ।