कीवर्डहरू -

सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्र हत्या गरेको अभियोगमा २ जना पक्राउ

सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्र हत्या गरेको अभियोगमा २ जना पक्राउ

सामाजिक सञ्जालको दुरुपयोग गरी पीडितलाई दु:ख हैरानी र चरित्र हत्या गरेको अभियोगमा २ जनालाई नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रौतहट दुर्गा भवानिपुर गाउँपालिका-४ बस्ने प्रहरी चौकी बटेश्वर धनुषा दरबन्दीका प्रहरी जवान २७ वर्षीय कृष्ण कुमार यादव र मोरङ विराटनगर महानगरपालिका-१७ घर भई हाल सुनसरी धरान उपमहानगरपालिका-३ मा अस्थायी रुपमा बसोवास गर्ने ३१ वर्षीय मोहम्मद सद्दाम भन्ने मोहम्मद कासीम रहेका छन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले सामाजिक सञ्जालमा युवतीलाई साथी बनाई म्यासेज, च्याट, भिडियो कल गर्ने र सोही क्रममा पीडितलाई प्रलोभनमा पारी खिचेका समाजमा अपाच्य हुने अन्तरङ्ग तस्वीरहरु सामाजिक सञ्जाल वाट्सएप फेसबुक लगायतमा पोष्ट गर्ने, आफन्त र साथीभाइलाई पठाई पीडितलाई मानसिक तनाव, दु:ख हैरानी, समाजमा बदनाम र बेईज्जत गराइ चरित्र हत्या गर्ने कार्यमा संलग्न रहेको खुल्न आएको छ ।

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ५/५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।