कीवर्डहरू -

बिटिएसको शो एप्पल म्युजिकमा प्रिमियर हुने

बिटिएसको शो एप्पल म्युजिकमा प्रिमियर हुने

यो सप्तान्तमा बिटिएसको शो एप्पल म्युजिकमा प्रिमियर हुने भएको छ । एप्पलले विश्वचर्चित के प्प ग्रुपसँग सहकार्य गरेर बिटिएसको इतिहासबारे एपिसोड सार्वजनिक गर्ने भएको हो ।

एप्पल म्युजिकमा बिटिएसको इतिहासबारे तीन ओटा एपिसोड प्रिमियर हुनेछ। पहिलो एपिसोड मे २८ मा नौ बजे इटीमा बिटिएस रेडियो : पास्ट एण्ड प्रेजेन्ट भनेर सार्वजनिक हुने जनाइएको छ ।

अरु दुई ओटा एपिसोड साप्ताहिक रुपमा आउने छ । बिटिएसको लिडर तथा सदस्य रहेका आरएमले यी एपिसोड मार्फत आफ्नो संघर्षको कथा सुनाउन खोजेको बताएका छन् ।