कीवर्डहरू -

विदेशी लगानीको न्यूनतम सीमा अब २ करोड, दश करोडसम्मको वैदेशिक लगानी स्वीकृती स्वचालित हुने

विदेशी लगानीको न्यूनतम सीमा अब २ करोड, दश करोडसम्मको वैदेशिक लगानी स्वीकृती स्वचालित हुने

सरकारले विदेशी लगानीको न्यूनतम सीमा २ करोड रुपैयाँमा झारेको छ । विदेशी लगानीको न्यूनतम सीमा पुनरावलोकन गरी २ करोड कायम गरिने आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बताए ।

अहिले यस्तो सीमा ५ करोड रुपैयाँ रहेको छ । त्यस्तै १० करोडसम्मको वैदेशिक लगानीको स्विकृती स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाइने उनले बताए ।

ठूला लगानीकर्ताले प्रत्यक्ष लगानीको स्वीकृतिको माग गरेमा पूर्वतयारीका काम सम्पन्न गर्ने गरी ७ दिन भित्र प्रारम्भिक स्वीकृति दिइने भएको छ ।