कीवर्डहरू -

अनुसन्धानका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गरिने

अनुसन्धानका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गरिने


सरकारले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्ने भएको छ । आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।

अनुसन्धानका लागि राष्ट्रिय आविष्कार केन्द्र लगायत अन्य आविष्कार केन्द्रसँग सहकार्य र साझेदारी गरिने बताए ।

त्यस्तै अनुसन्धान कार्यक्रमलाई थप प्रभावकारी बनाउन त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, नेपाल कृषि अनुसन्धान परिषद र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका कार्यकारी प्रमुख सम्मिलित अनुसन्धान तथा विकास समन्वय समिति गठन गरिने छ । युवा वैज्ञानिकलाई अनुसन्धानमा प्रोत्साहन गरिने छ ।